देवचुली वडा नं १७ फारममा रहेको वडा नं १७ वडा कार्यालयले नयाँ भवनबाट सेवा सुविधा दिने भएको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी सेवाग्राहीहरुलाई अझै थप सेवा सुविधा दिन नयाँ भवको सुभारम्भ गरिएको छ । कार्यक्रमको अध्यक्षता देवचुली वडा नं १७का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य शसांक कोईराला रहनुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथीको रुपमा संविधान सभा सदस्य महेन्द्रध्वज जि.सी, गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछाने, देवचुली नगरपालिका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारी, देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल रहनुभएको थियो भने विशेष अतिथीको रुपमा देवचुली नगरपालिका नगर शिक्षा अधिकारी राम प्रसाद शर्मा, योजना प्रमुख जिवलाल श्रेष्ठ,प्रशासन तथा पंजीकरण प्रमुख अविनाथ पंथी, स्वास्थ्य प्रमुख राम कुमार श्रेष्ठ, लेखा अधिकृत भद्र पौडेल, वडा नं १ देखि १६ सम्मका वडाध्यक्ष रहनुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्था, टोल सुधार समिति,आमा समुह, वरचुलीमाध्यामिक विध्यालयका शिक्षक र विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो । कार्यक्रममा क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य शसांक कोईरालाले नयाँ भवनको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका कोइरालाले वडा नं १७मा सबैभन्दा धेरै जनसंख्या रहेको र यस ठाउँमा विकासका कामहरु पनि धेरै गर्नबाकी रहेकोले यस ठाउँलाई विकास लगाएतका कामहरुको लागि सबैभन्दा धेरै बजेट आउनुपर्नेमा जोड दिदै एउटा बैकल्पीक मार्गको लागि गैडाकोट देखि त्रिवेणी सम्म बाटो बनाउनेमा यस क्षेत्रलाई सुन्दर बनाउन सबैले हातेमालो गरिदिनुहुने छ भन्दै आफुपनि यस कामको लागि अगाडि वढ्नेमा विशेष जोड दिनुभयो । कार्यक्रममा विशिष्ट व्यक्ति, वरिष्ट व्यक्ति लगाएतकाले आ आफनो तर्क राखेका थिए । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले गर्नुभएको थियो ।