भगवानको लिला पनि अपरमपार हो कसरी भनौं
यो उनी नअटेको ठूलो निधार हो कसरी भनौं
अग्लो महलको गेटबाट निस्किएको देख्छौ मलाई
म त्यहि महलको पुरानो चौकिदार हो कसरी भनौं
मैले गधालाई प्रणाम गरे आमा अचम्ममा परिन्
आमा यो समाजले सिकाएको संस्कार हो कसरी भनौं
अझै पनि तिमीलाई बारम्बार प्रेम गर्नु भनेको
मट्टीतेललाई आगोमा जान हतार हो कसरी भनौं
तिम्रो पाउले आजसमम सडक छोएका छैनन्
सडकको एक छेउ नै मेरो संसार हो कसरी भनौं
----------------------------------------------------------
फेरि खस्न सक्छौ बसेकी छौ भित्तामा ख्याल गर
एकपटक धर्तीबाट खसिसक्यौ आमा ख्याल गर
ओछ्यानमा पल्टिएर बाँच्ने सपना देखेका छौ
धेरै मान्छे मर्ने गर्छन् बिस्तारामा ख्याल गर
केही काम नलाग्ने बाँदरको पुच्छर भन्यौ मलाई
एक पुच्छरले आगो लाएथ्यो लंकामा ख्याल गर
बिँड नभएको खुर्पाले मलाई प्रहार गर्न आयौ
अहो! चोट लाग्ला तिम्रा हत्केलामा ख्याल गर
राती आमाको हातको औंला काटिएको देखेंं
बिहानै छिमेकी टेकेछ सिमानामा ख्याल गर