देवचुली,
भीमसेन आदर्श नमुना माध्यामिक बिद्यालयको ५० औँ स्वर्ण महोत्सवको अवसरमा बिद्यालयमा "फुड फेस्टिबल" (आज) आइतबार देखि शुरू भएको छ । कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले गर्नुभएको थियो भने प्रमुख आथित्यता देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएकी तिवारीले भीमसेनको ५० औँ स्वर्ण महोत्सव मनाईरहँदा बिद्यार्थीहरुको लागि आयोजना गरेको "फुड फेस्टिबल" अति नै शरहणीय रहेको बताउदैँ बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सँगै अन्य बाहिरी कुराको पनि अवस्यकता रहेको र त्यो कुरा भीमसेनले पूरा गर्दै आइरहेका र साँचिकै नमुना रहेको बताउनुभएको थियो । उहाँले यस कार्यक्रमले बिद्यालयमा जंग फुड निषेध गर्न महत्त्वपूर्ण भुमिका खेल्ने र यसमा अभिभावकहरूको पनि दायित्व रहने बताउनु भएको थियो ।
"फुड फेस्टिबल" मा सहभागी भएकी कक्षा १० कि लक्ष्मी काफ्लेले बिद्यार्थीहरुको लागि आयोजना गरिएको "फुड फेस्टिबल" कार्यक्रम निकै नै उपयुक्त रहेको बताउदै उनले बिद्यालयमा जंग फुड निषेध हुनुका साथै समुहमा काम कसरी गर्ने भन्ने बिषयमा पनि धेरै कुरा सिक्न पाईने बताएकी थिइन् ।
कार्यक्रममा आफ्ना बालबालिकाले पकाएको खाजा खाना आउनुभएकी अभिभावक मनिषा लामिछानेले घरमा केही नगर्ने हाम्रा छोराछोरीले बिद्यालयमा आई सिकेका कुरा र उनीहरूले पकाएको खाना पाउँदा खुसी लागेको व्यक्त गर्दै यसरी नै आगामी दिनमा बिद्यार्थीहरुलाई प्रोत्साहन हुने कार्यक्रम गरिदिन आग्रह गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बिद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले कार्यक्रमलाई सब्य भब्य र दिब्य बनाउन सहयोग गर्न सम्पूर्णलाई आग्रह गर्नुभएको थियो । उहाँले अबको दिनमा बिद्यार्थीहरुलाई बिद्यालयमा तयार पारिएको खाजा खुवाउने र जंग फुड निषेध गर्ने बताउनुभएको थियो।
"फुड फेस्टिबल" मा बिद्यार्थीहरुले आलु परौठा, चना अन्डा, कफि, चिया, पकौडा, सुन्तला, बदाम जस्ता खानीकुरा बनाएका थिए । यस्तै "फुड फेस्टिबल" का संयोजक रहनुभएका रमेश राज भण्डारीले जंग फुड निषेध गरौँ र स्वास्थ बनौँ भन्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको र कार्यक्रमबाट बिद्यार्थीहरूले धेरै कुरा सिकेको बताउनुभयो । भण्डारीले खाजाखाना बाट उठेको रकमबाट बिद्यालयका कक्षा कोठामा प्रोजेक्टर राखिने समेत बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले नवौँ दिन सम्म सब्य रूपमा सफल पार्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै अन्त्य सम्म साथ दिनेमा बिश्वश राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न बिद्यालयका प्रधानाध्यापक, देवचुली नगरपालिकाका वडा अध्यक्ष, संघसंस्थाका ब्यक्ति, अभिभावक, शिक्षकशिक्षिका, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक कृष्ण प्रसाद काफ्लेले गर्नुभएको थियो ।