भिमसेन आदर्श नमुना माध्यामिक विद्यालयको ५०औँ बार्षिकोत्सव तथा स्वर्ण महोत्सवको अवसरमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेपाली माध्यमका संयोजक नवराज घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा भिमसेन आदर्श नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले रहनुभएको थियो । त्यस्तै विशेष अतिथीको रुपमा शिक्षक अभिभावक संघका सदस्य चुडामणी भुसाल ,विद्यालय निमार्ण समितिका संयोजक डिल्लीराम कडरीया रहनुभएको थियो ।
कार्यक्रममा नेपाल माध्यामिक विद्यालय, लक्ष्मी माध्यामिक विद्यालय बरचुली माध्यामिक विद्यालयका शिक्षहरुको सहयागिता रहेको थियो । हाजिरीजवाफ प्रतियोगितामा भिमसेन (ए) माध्यामिक विद्यालय,बालविकास माध्यामिक विद्यालय,जनक माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, नेपाल माध्यामिक विद्यालय, भिमसेन (वि) माध्यामिक विद्यालय, लक्ष्मी माध्यामिक विद्यालय, वरचुली माध्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो । हाजिरजबाफ ८ राउण्ड सम्म खेलाईएको थियो जस्मा समसामाहिक घटनाक्रम, इतिहास, भुगोल सांस्कृति तथा भाषा राउण्ड, खेलकुद राउण्ड, साइन्स राउण्ड, मिक्स राउण्ड, र्यापीट फियर राउण्ड, फोटो राउण्ड, अडियो राउण्ड गरिएको थियो ।
प्रतियोगितामा ८ समुहको सहभागिता रहेको थियो । कार्यक्रमको निर्णायक मण्डलमा सरोज घिमिरे,कृष्ण प्रसाद काफले रहनुभएको थियो । त्यस्तै समय सुचकको रुपमा गिता लामिछाने रहनुभएको थियो भने अंकलेखनमा विष्णु न्यौपाने रहनुभएको थियो । हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने भिमसेन आदर्श माध्यामिक विद्यालय (वि), द्धितिय भिमसेन आदर्श माध्यामिक विद्यालय (ए), तृत्तिय रत्नराज्य माध्यामिक विद्यालय गैडाकोट, सान्तोना जनक नमुना माध्यामिक विद्यालय सफल भएका छन् । कार्यक्रमको सहजिकरण भिमसेन आदर्श माध्यामिक विद्यालयका शिक्षक कृष्ण काफलेले गर्नुभएको थियो ।
स्वर्ण महोत्सवको ९औँ दिनका खेलहरु सम्पन्न:
भीमसेन आदर्श नमुना माध्यामिक विद्यालयको स्वर्ण महोत्सव अन्तरर्गत क्रिकेट खेल सम्पन्न भएको छ । भीमसेन आदर्श नमुना माध्यामिक विद्यालयका कक्षा १० र कलेज तर्फ कक्षा ११ विच खेल भएको थियो । जस्मा माध्यामिक तह कक्षा १० विजय भएको हो । यता भाला खेल समेत सम्पन्न भएको छ । जस्मा प्रथम हुनेमा कक्षा ८९डि०का आशिष वि।क, द्धित्तिय कक्षा ७ ९डि०का यम बहादुर आले र तृत्तिय दिलिप बाचे सफल भएका हुन ।