देवचुली,
लागु पदार्थ दुव्र्यसनी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम देवचुलीमा सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं ४ को आयोजनामा शनिबार वडाका किशोरकिशोरीहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम शान्ति सृजना आधारभूत विद्यालय झाक्रेमा संचालन गरिएको थियो ।
पछिल्लो समय बढि मात्रमा किशोरकिशोरी लागु पदार्थ दुव्र्यसनीमा फस्दै गएको पाईएकाले यसलाई कसरी न्युनिकरण गर्नुपर्ला भन्ने विषयमा कार्यक्रमको प्रमुख अतिथी रहनुभएका बालमैत्री परामर्शा दाता खिमानन्द भुसालले प्रकाश पार्नुभएको थियो । उहाँले कार्यक्रममा लागुपदार्थ भनेको के हो ? यसले शारिरीक, मानसिक र सामाजिक रुपमा के प्रभाव पार्दछ र लागुपदार्थ सेवन गर्ने, उत्पादन गर्ने, यसमा फसिसके पछि कसरी बाहिर निस्कने जस्ता विषयमा किशोरकिशोरीलाई प्रशिक्षण गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले लागु पदार्थ दुव्र्यसनीमा फसे पछि भोलिका दिनमा यसले ठुलो समस्या ल्याउने भएकाले पहिला आफु सचेत रहने र समाजलाई पनि सचेत गराउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।
लागु पदार्थ दुव्र्यसनीमा अझै बढि युवाहरु लागेकाले यस विषयमा युवाहरु नै सचेत हुनुपर्नेमा शुभ प्रभात समाजका अध्यक्ष कृष्ण वाग्लेले बताउनुभयो ।
यस्तै कार्यक्रमका अधयक्षता रहनुभएका देवचुली नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्रीले समाजमा भएका युवा किशोरकिशोरीले लागु पदार्थ दुव्र्यसनी न्युनिकरणको लागि सरोकारवाला निकाय सँग समन्वय गरि अगाडि बढनु पर्ने कुरामा प्रकाश पार्नुुभएको थियो । उक्त कार्यक्रममा देवचुली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्रीको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्तयता बालमैत्री परामर्शा दाता खिमानन्द भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य, क्रियटिभ युवा क्लब, बाल क्लब, ईलाका प्रहरी कार्यलय रजहर, दुम्कौली प्राथामिक स्वाथ्य चौकी, स्थानीयवासी,युवा तथा बालबालिका गरि करिब ६० जनाको उपस्थिती रहेको शुभ प्रभात समाजका सचिव शुशिल चापागाईले जानकारी दिनुभयो भने कार्यक्रमको सहजीकरण वडा नं १–३ का वडा सचिव विश्व वन्दु न्यौपानेले गर्नुभएको थियो ।