देवचुली,
अन्तर आमा समुह विच भएको गाँउ खाने कथा प्रतियोगितामा जनज्योती नमुना आमा समुह देवचुली १४ प्रथम हुन सफल भएको छ । देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयको ५० औँ स्वर्ण महोत्सवमा विभिन्न कार्यत्रलमहरु भईरहेको छन् ।
जसमध्य मंगलबार पाचौँ दिनको स्वर्ण महोत्सवको दिन अन्तर आमा समुहरु विच भएको गाँउखाने कथा प्रतियोगितामा देवचुली नगरपालिका भित्र रहेका मनकामना आमा समुह देवचुली १४, सरस्वती आमा समुह देवचुली ७, जनविकास आमा समुह देवचुली ७, लक्ष्मी आमा समुह देवचुली १२, दुर्गा आमा समुह देवचुली ११, मिलन आमा समुह देवचुली १०, सिर्जनशील आमा समुह देवचुली १३, नारी विकास आमा समुह देवचुली ११, जनज्योती नमुना आमा समुह देवचुली १४, पुर्वीटोल आमा समुह देवचुली ७, उज्यालो भविष्य आमा समुह देवचुली ८ गरि ११ आमा समुहको सहभागिता रहेको थियो ।
जसमा देवचुली १४ को जनज्योती नमुना आमा समुह प्रथम, देवचुली ११ नारी विकास आमा समुह द्धितीय र देवचुली १२ लक्ष्मी आमा समुह तृतीय हुन सफल भएको छ ।
प्रतियोगितामा सहभागिता जनाउनुभएका आमा समुहहरुमा यस किसिमको कार्यक्रमले थप ज्ञान आर्जन भएको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयकी शिक्षिका सरस्वती अर्यालले बताउनुभएको थियो । कार्यक्रममा प्रथम हुने समुहलाई रु ३ हजार, द्धितीय हुने समुहलाई रु २ हजार १ सय र तृतीय हुने समुहलाई १ हजार ५ सय पुरस्कारको समेत व्यवस्था रहेको अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रमको संयोजक विद्यालयकी शिक्षिका ज्योती घर्तीले गर्नुभएको थियो ।