देवचुली,
देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिक उत्सवको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । महोत्सव पौष २५ गते देखि माघ १० गते सम्म संचालन हुने बिहिबार विद्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक नरदेव न्यौपानेले स्वर्ण महोत्सव १५ दिनको रहेको जानकारी गराउनुभयो । जस अन्तर्गत अभिभावक परामर्श, अन्तर आमा समूह गाँउखाने कथा प्रतियोगिता, फुड फेस्टिवल, जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, जिल्ला स्तरीय नौम्ती बाजा प्रतियोगिता, पूर्व विद्यार्थी सम्मान, भू.पू शिक्षक विदाइ, भू.पू. विद्यालय व्यवस्थापन समिति, शिक्षा अध्यक्ष संघ, भू.पू सैनिक, भू.पू शिक्षक सम्मान, पुरस्कार वितरण, स्वर्ण स्तम्भ अनावरण, स्वर्ण वाटिका शिलान्यास, भीमसेन स्वर्ण स्मारिका २०७६ विमोचन, ८ कोठे भवनको उद्द्याटन गरिने बताउनुभयो ।
वि.स २०२६ सालमा स्थापना भएको विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा सँगै अन्य क्रियाकलापमा पनि जोड दिदैँ आइरहेको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।
यस्तै कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भुसालले विद्यालयमा विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै स्विमिङ्ग पुल निर्माण गर्ने, विद्यालयमा जंक फुडलाई पुर्ण रुपमा निषेध गर्ने र निकट भविष्य मै भीमसेन आदर्श नमुना विद्यालयमा कलेज संंचालनमा ल्याउन गृहकार्य भइरहेको बताउदैँ विद्यालयलाई अहिलेको अवस्थामा ल्याइपु¥याउन सहयोग गर्ने सम्पुर्ण अभिभावकहरु, शिक्षकहरु, समाजसेवी लगायतलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडाअध्यक्ष, विभिन्न संघसंस्थाका पधाधिकारी, अभिभावक, विद्यार्थी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा शुभकामना मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक अग्नि भुसालले राख्नुभएको थियो ।