देवचुली,
देवचुली नगरपालिका भित्र रहेको परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औँ स्थापना दिवस मनाइरहँदा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस्तै मंगलबार देवचुली सेवाकेन्द्र देवचुली नगरपालिका वडा नं ७ द्धारा आयोजित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता देवचुली सेवाकेन्द्रका संयोजक रेशमलाल चापागाईले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता जिल्ला ट्राफिक तारापति अर्याल रहनुभएको थियो । यस्तै विशिष्ट अतिथीका रुपमा परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यसमिति अध्यक्ष खेमराज सापकोटा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथीका रुपमा रहनुभएका अर्यालले दुर्घटना न्युनिकरण गर्नको लागि ट्राफिक प्रहरी मात्र लागेर केही नहुने बताउदैँ हरेक सवारी चालक, पैदल यात्रीहरुले आफु कसरी सवार गरिरहेको छु त्यसमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । उहाँले सवारी साधन चलाउदा मोबाइलको प्रयोग नगर्ने, धुम्रपान मापसेको प्रयोग नगर्ने, हेलमेटको फिता तथा सिटबेल्ट अनिवार्य बाध्नुपर्ने, बिच बाटोमा यात्रु चढाउने र ओराल्ने नगर्ने जस्ता कुरामा ध्यान दिन सके सवारी दुर्घटना न्युनिकरण हुने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा ट्राफिक नियमको पालना गरौँ, सवारी दुर्घटना हुनबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ” जस्ता पर्चा कार्ड, स्टिकर सवारी चालक, पैदाल यात्रीहरुलाई रोकी वितरण गरिएको थियो ।
यस्तै देवचुलीमा अवस्थित भीमसेन आदर्श माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई बाटो काट्न सहज होस भन्ने उद्धेश्यले विद्यालय अगाडी सडक पार गर्नको लागि २ स्थानमा जेब्रा क्रसिंग निर्माण समेत गरिएको संस्थाका कार्यसमिति अध्यक्ष खेमराज सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमको समापन गर्दै देवचुली सेवाकेन्द्रका संयोजक रेशमलाल चापागाईँले पछिल्लो समय बढिरहेको सवारी दुर्घटना न्युनिकरणको लागि मानिसहरुमा यस किसिमको चेतना मुलक कार्यक्रमहरुको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रममा संस्थाका संचालक समितिका पदाधिकारी, स्थानीयवासी, वडाअध्यक्ष, ट्राफिक लगायतको उपस्थिती रहेको थियो ।