देवचुली नगरपालिका वडा नं १६मा रहेको रजहर जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता रजहर जेसिजका वर्ष २०१९का शाखा अध्यक्ष जेसी सन्तोष थापा ले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा नेपाल जेसिज वर्ष २०२०का राष्ट्रिय अध्यक्ष जेसी अशोक शंकर रहनुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथीको रुपमा देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसाल,देवचुली वडा नं १६का वडाध्यक्ष केशर वहादुर क्षेत्री,वडा नं १७का वडाध्यक्ष विष्णु प्रसाद आचार्य रहनुभएको थियो भने विशेष अतिथीको रुपमा नेपाल जेसिज राष्ट्रिय उपाध्यक्षमा जेसी कृष्ण सापकोटा, शिव प्रसाद भुसाल, नेपाल जेसिज राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जेसि लालमणि भण्डारी,विजय गुरुङ्ग, नेपाल जेसिजका निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि, गणेश राउत, रजहर जेसिजका पूर्व अध्यक्ष लोक बहादुर कार्की क्षेत्री, रजहर जेसिजका संस्थापक अध्यक्ष जेसि सुलोचना कुवर जिसी रहनुभएको थियो ।
कार्यक्रममा आफनो भनाईहरु राख्दै प्रमुख अतिथी शंकरले संसारमा एक खतरनाक बस्तु भनेको आफुलाई चिन्नु हो त्यसैले रजहर जेसिज वर्ष २०१९मा हुनुभएका सम्पूर्ण कार्यसमितिहरुलाई विदाई गर्दै अव २०२०को लागि निर्वाचित हुनुभएका पदाधिकारीहरुलाई शुभकामना दिदै अबको दिनमा जेसिजको अर्थ आफनो गाउँ,समाज र राष्ट्रलाई चिनाउने तरिकाबाट अगाडि बढ्नु पर्नेमा विशेष जोड दिनुभयो । उहाँले कुनैपनि संघसंस्थाको अध्यक्ष भएर मात्र नहुने बताउदै त्यस अध्यक्षमा भएको विश्वासलाई विश्व भरी आफनो संस्थाको बारेमा चिनाउन जरुरी रहेको भन्दै रजहर जेसिज वर्ष २०२०का अध्यक्ष लगाएतका पदाधिकारीलाई अवको मिसन हामी आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रजहर जेसिज वर्ष २०२०का अध्यक्ष जेसि राजन गौतमले पाँच वर्षको अन्तरालमा रजहर जेसिजले सिकाएका पाठहरुलाई आत्मसाथ गर्दै अवको कामहरु र आफुले पाएको जिम्यवारीलाई आत्मसाथ गरि अगाडि बढ्नेमा विशेष जोड दिनुभयो ।
कार्यक्रममा रजहर जेसिज वर्ष २०२०का अध्यक्ष राजन गौतमले देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगर घर भएका क्याक्सर पिडित अवय विक बालकलाई कार्यक्रमको विच आफनो व्यक्तिगत तर्फबाट रु १० हजार आर्थीक सहयोग गर्नुभएको छ । कार्यक्रममा विशिष्ठ व्यक्ति,वुद्धिजिवी, समाजसेवी, विद्यार्थी लगाएको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजिकरण इश्वर बहादुर लोहनीले गर्नुभएको थियो ।