देवचुली,
नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ शाखा कावसोती ११ कुडौलीमा शुभारम्भ गरिएको छ । शनिबार संस्थाले एक कार्यक्रमको आयोजना गरि पिठौली सेवाकेन्द्र शुभारम्भ गरेको हो । कार्यक्रमको अध्यक्षता नवप्रगति पृश्वी साकोसका अध्यक्ष मान सिंह खत्री रहनुभएको थियो भने प्रमुख आतिथ्तयता कावसोती नगरपालिकाका वडा नं ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले गर्नुभएको थियो । यस्तै विशेष अतिथीका रुपमा कावसोती नगरपालिकाका वडा नं १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्ले रहनुभएको थियो ।
कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथी रहनुभएका अधिकारीले नवप्रगति पृथ्वी साकोस कुडौलीमा आफ्नो सेवा शुभारम्भ सुरु गरेर यहाँ रहेका व्यापारी, गरिब तथा विपन्न व्यक्तीहरुले दुःख पर्दा ऋण लिईन् निकै सहज हुने भएकाले संस्थालाई धन्यवाद व्यक्त गर्दै भोलीका दिनमा यस संस्थाले धेरै भन्दा धेरै सेवा प्रवाह गर्न सफल हुनेमा विश्वास गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी प्रमुख नरभुपाल भुसालले नेपाल भित्र रहेका ३४ हजार ९ सय १२ महासंघ सहकारी मध्य ७ नं मा पर्न सफल भएको यस नवप्रगति पृथ्वी साकोस रहेको बताउनुभएको थियो । यस संस्थाले हाल सम्म ४० करोडको कारोबार गर्न सफल भएको छ भने ३० करोड बचत संकलन गरेको र ४ करोड सेयर पुजी गरेको भुसालले बताएका छन् । उहाँका अनुसार अर्काे वर्ष सम्म १ करोड लगानी गर्ने प्रतिव्यक्ती गर्दै आगामी दिनमा सहकारीलाई सक्षम र दिगो बनाउने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा २ विद्यालयका गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । कावसोती वडा नं ११ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयका ४ वटा विद्यार्थी र नारायणी प्राथमिक विद्यालयका ४ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री झोला, कापी, कलम वितरण गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मान सिंह खत्रीले संस्थाले विगतका दिन देखि सेवाग्राहीहरुको लागि राम्रो सेवा दिदैँ आइरहेको बताउदै संस्था प्रतिको विश्वासले गर्दा नै यहाँ सम्म आउन सफल भएको बताउनुभएको थियो । उहाँका अनुसार कुनै व्यक्तिले कमाएर मात्र नहुने त्यसलाई बचाउन पनि जान्नुपर्ने बताउनुभएको थियो । संस्थाले सेयर सदस्यहरुको लागि आकस्मिक स्वास्थ्य चेकअपको लागि समेत २० हजार ऋण प्रवाह गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कावसोती नगरपालिकाका वडा नं १२ का वडा अध्यक्ष खेम प्रसाद काफ्ले, मान बहादुर जि.सी, मुना अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । यस्तै कार्यक्रममा स्थानीयवासी, बुद्धीजिवि, सेयर सदस्य लगायतको उपस्थिती रहेको थियो भने सहजीकरण संस्थाका उपाध्यक्ष देवेन्द्र भट्टराईले गर्नुभएको थियो ।