देवचुली,
प्रभु यशुको जन्मोत्सवको रुपमा (क्रिसमस) नेपाली इसाईहरुले क्रिसमस दिवस मनाईरहेका छन् । यस्तै देवचुली ८ मा रहेको मुडाबास अभिषेक चर्चमा पनि हरेक वर्ष जस्तै यस बर्ष पनि विभिन्न कार्यक्रम गरि मनाएको छ ।
कार्यक्रमको अध्यक्षता मुडाबास अभिषेक चर्चका अध्यक्ष पास्टर नवराज पाण्डे क्षेत्री रहनुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो । यस्तै विशिष्ट अतिथीका रुपमा देवचुली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष चन्द्र बहादुर सिंजाली र वडा नं ९ का वडा अध्यक्ष मेख बहादुर सारु रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका नगर प्रमुख श्रेष्ठले संसारमा भगवान एउटै मात्र रहेको बताउदै धर्म परिवर्तन गरि कसैले प्रभुलाई मान्ने त कसैले बौद्ध मान्ने भएकाले जस्ले जुनसुकै ठाँउमा रहेर जुन धर्म माने पनि आफुले गर्नुपर्ने अनुशासन, नैतिकता, इमान्दारी र भाइचारा सम्बन्ध कसिलो बनाउनुपर्ने बताउनुभएको थियो ।
यस्तै वडा नं ८ का वडा अध्यक्ष चन्द्र बहादुर सिंजालीले समाजमा रहेका छुवाछुत, भेदभाव जस्ता प्रकरणलाई यस इसाई समाजले शान्त समाज बनाउनको लागि महत्वपुर्ण खेल खेलिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा स–साना बालबालिका देखि ठुलावडाले विभिन्न गीतमा नृत्य सँगै गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पास्टर नवराज पाण्डे क्षेत्रीले हरेक वर्ष जस्तै यस वर्ष पनि प्रभु यशुको जन्मदिनको उपलक्ष्यमा क्रिसटियन धर्मावलम्बीले प्रभु यशुले समस्त नेपालीको कल्याण गरुन भन्ने कामना गर्दै प्रभु प्रति बलियो विश्वास रहेको र त्यो विश्वास प्रमेश्वरलाई प्रकरण गर्न, मानिसहरुको बिचमा भएको दुरीलाई जोड्न यशु यो धर्तीमा आउनुभएको, मानिसहरुलाई बचाउन र सारा सृष्टिलाई उद्धार गर्न यशुको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको थियो । उहाँका अनुसार हाल सम्म मुणबास चर्चमा ४ सय सदस्य पुगेको बताउनुभएको थियो ।
कार्यक्रममा स्थानीयवासि लगायतको उपस्थिती रहेको थियो ।