देवचुली,
विगतका दिनहरुमा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको कमी भएकाले भविष्यमा शिक्षामा नयाँ ढंगले काम गर्नुपर्ने शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेलले बताउनुभएको छ ।
नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेको देवचुली माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सवको समारोहमा सम्बोधन गर्दै मन्त्री पोख्रेलले विगतमा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सिकाउन सक्ने शिक्षकहरु नहुँदा सामुदायिक विद्यालयहरु कमजोर भएका र भविष्यमा प्रविधिक शिक्षालाई नयाँ ढंगले लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो ।
आइतबार उक्त समारोहमा ४ कोठे भवन र स्विमिङ्ग पुलको शिलन्यास गर्दै शिक्षा मन्त्री भईसके पछि पहिलो पटक विद्यालयको स्विमिङ्ग पुलको शिलन्यास गर्न पाउँदा निकै खुसी लागेको बताउनुभएको थियो ।
कतिपय विद्यालयहरुलाई नमुना घोषणा गरिएको छ तर ति विद्यालयले अहिले सम्म नमुना नभएको र घोषणा नभएका विद्यालयले नमुना काम गर्न खोजिरहेको पाईएकाले त्यसमा देवचुली माध्यमिक विद्यालय समेत रहेको मन्त्री पोख्रेलले बताउनुभयो ।
उहाँँले हरेक विद्यालयको सबैभन्दा महत्वपुर्ण कुरा भनेको सिकाईमा केन्द्रित हुनुपर्ने र विद्यार्थीले छनोट गरेका विद्यालयमा अभिभावकले आफ्ना छोराछोरीलाई पढाउनसके मात्र शिक्षामा सफलता हासिल गर्न सकिने कुरामा जोड दिनुभएको थियो ।
विद्यालयका कर्मचारी, शिक्षकशिक्षिकलाई पनि एक्यबद्धता बनाएर अगाडी बढने हो भने मात्र विद्यालयलाई सफल बनाउन सकिने मन्त्री पोख्रेलले बताउनुभयो ।
उहाँले नितिको आधारमा विभिन्न तहका स्थानीय सरकारलाई अग्रसर बनाउनुपर्ने बताउनुभएको थियो । विद्यालय चेतना दिने माध्यम रहेको र विद्यालयले शिक्षाको विकास सँगै सिकाई प्रणालीलाई नजोडने हो भने त्यो विद्यालय धेरै समय अगाडी नबढन्ेमा प्रष्ट पार्दै हरेक विद्यालयलाई विद्यालय जस्तै बनाउनुपर्ने बताउनुभएको छ ।
यस्तै उहाँले कुनै पनि मन्त्रीलाई फुलमाला, दोसल्ला, खादा किनेर सम्मान गर्नुपर्ने आवश्यकता नरहेको बताउदै सांस्कृतिको विकास गर्न आवश्यकता रहेको बताउनुभयो ।
विद्यालय बाहिर भएका बालबालिकालाई विद्यालय ल्याउनको लागि अभियान चलाइरहेको र त्यसको लागि घरदुरी संरक्षण गरेर भविष्यमा नेपाललाई साक्षर नेपाल घोषणा गरेर शिक्षित नेपाल बनाउने दिशामा गइरहेको मन्त्री पोख्रेलको भनाई रहेको थियो ।