देवचुली,
देवचुली वडा नं १६ रजहरमा अवस्थित अमर ईङ्गलिस स्कुलको रजत महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता अमर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा धुर्मुस सुन्तली फाउण्डेसनका संयोजक सिताराम कट्टेल अर्थात धुर्मुस रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथीको रुपमा देवचुली नगरपालिका नगर शिक्षा अधिकृत राम प्रसाद शर्मा रहनुभएको थियो भने विशेष अतिथीको रुपमा देवचुली वडा नं १६का वडाध्यक्ष केशर बहादुर क्षेत्री,देवचुली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपाने रहनुभएको थियो ।
साथै बुद्धिजिवी,समाजसेवी,विशिष्ट व्यक्ति,अभिभावक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा अमर ईङ्गलिस स्कुलका प्रिन्सीपल पदम बरालले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कट्टेलले विद्यालय भनेको विध्यार्थीको गहना रहेको र सबैभन्दा पहिला विद्यार्थीहरुलाई यस अमर स्कुलले शिक्षा र अनुशासीत हुन सिकाएको साथै विद्यालयले आगामि दिनमा पनि विद्यार्थीहरुलाई गुणस्तिरीय शिक्षा प्रदान गर्नेछ भन्दै धुर्मुस सुन्तली फाउण्डेसनलाई अन्तिराष्ट्रिय क्रिकेट रंगशाला निम्ती आर्थीक र न्यानो माया दिनुभएकोमा धन्यवाद ज्ञापन दिनुभयो ।
कार्यक्रममा देवचुली माद्यामीक विद्यालयलाई एक लाख सहयोग र चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि अमर ईङ्गलिस स्कुलले एक लाख रुपैया साथै विभिन्न आमा समुहहरु,संघसंस्था,व्यक्तिगत जस्ता धेरैले आफनो मन र बचनले सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा भजन र्कीर्तनमा आफनो स्थान सुरक्षीत राख्ने समुहहरु,नृत्य प्रतियोगिता र जस्ता थुप्रै प्रतियोगिताहरुमा प्रथम, दित्तिय,तित्तिय हुनेहरु र अमर ईङ्गलिस स्कुलका शिक्षक,शिक्षिका लाई पुरस्किृत गरिएको थियो । कार्यक्रमको सहजिकरण अमर ईङ्गलिस स्कुलका शिक्षक अर्जुन कंडेल,पदम प्रसाद भुर्तेलले गर्नुभएको थियो ।