देवचुली,
देवचुली उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभा एवम भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको अध्यक्षता देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा रहनुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।
विशिष्ट अतिथीका रुपमा नेपाल उद्योग वाणिज्य संघका सदस्य गुणनिधि तिवारीले गर्नुभएको थियो । यस्तै अतिथीका रुपमा देवचुली नगरपालिका भित्र रहेको विभिन्न वडाका वडा अध्यक्ष, खानेपानी समितिका अध्यक्ष, राजनितिक दलका व्यक्तित्व विभिन्न उद्योगी, व्यापारी लगायतको उपस्थिती रहेको थियो ।
देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले भवन उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले विगत चार वर्ष देखि उद्योगी, व्यापारीको पिडा र मर्कामा मलाम लगाउदै आइरहेको देवचुली उद्योग वाणिज्य संघले सरहणीय काम गरिरहेकोे र आगामी दिनमा देवचुली नगरपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै विशिष्ट अतिथीका रुपमा रहनुभएका नेपाल उद्योग वाणिज्य संघका सदस्य गुणनिधि तिवारीले हरेक उद्योगी, व्यापारीले आफ्नो व्यवसायलाई दर्ता गर्नुपर्ने आवश्यकता रहेको बताउदै देवचुली उद्योग वाणिज्य संघ भवनलाई ८० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा आगामी कार्य योजना प्रतिवेदन गर्दै संस्थाका अध्यक्ष रेशमलाल सापकोटाले स्थापनाकाल देखि देवचुली उद्योग वाणिज्य संघले निकै मेहेनत गरि यस ठाँउमा आउन सफल भएको बताउदै देवचुली उद्योग वाणिज्य संघले हावाहुरी पिडितलाई सहयोग गरेको, २०७५ सालमा महोत्सव सम्पन्न पार्ने सफल भएको, आगोलागी पिडितलाई सहयोग गरेको जस्ता धेरै कार्यह्रु गर्दै आएको र आगामी दिनमा उद्योग, व्यापारीलाई समस्य परेको बेला सधै अगाडी आएर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नुहुने सम्पुर्ण दाताहरुलाई प्रमाण पत्र, दोसलाले सम्मान गरिएको थियो । कार्यक्रमको शुभाकामना मन्तव्य देवचुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसालले गर्नुभएको थियो ।