देवचुली,
देवचुली नगरपालिका वडा नं १६ रजहरमा अवस्थित अमर इङ्लिस स्कुलले आफ्नो २५ औँ वार्षिक उत्सवको अवसरमा "रजत महोत्सव" (आज) सोमबारबाट औपचारिक रुपमा सुरु भएको छ । विधालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुर प्रसाद शर्माको अध्यक्षता रहेको उद्घाटन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्तयता रहेको थियो ।
सल्लाहाकार समितिका सदस्य जयन्ती रिजाल, चौतारी वन उपभोक्ता समुहका उपाध्यक्ष ललितराम मह्तो, प्राकृतिक चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर क्षेत्री, हरियाली युवा क्लबन नारायण अधिकारी लगायत विभिन्न संघसस्थाका प्रतिनिधि, आमा समुहहरुको उपस्थिती रहेको थियो ।
उद्घाटनको पहिलो दिन मंसिर ३० गते सोमबार बिहान ११ः३० बजे विधालयको प्राङ्णमा देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले पानसमा दिप प्रजव्लन गरि सुरु गर्नुभएको थियो भने विद्यालयको प्राङ्णबाट बाजागाजा सहित निस्केको ¥यालीमा कलश यात्रा गरि नगर परिक्रम गरिएको थियो ।
उद्घाटन समारहोमा बोल्दै प्रमुख अतिथी रहनुभएका पुर्णकुमार श्रेष्ठले विधालयले स्थापनाकाल देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा पनि विधार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेछ बताउदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
समारोहमा विद्यालयका प्रधानध्यापक पदम बरालले "रजत महोत्सव" पौष १ गते बृहत रक्तदान तथा अन्तर विधालय नृत्य प्रतियोगिता, पौष २ गते ज्येष्ठ नागरिक सम्मान तथा खुल्ला भजन प्रतियोगिता, पौष ३ गते भू.पू शिक्षक, विधार्थी तथा अभिभावक पुनर्मिलन कार्यक्रम, यस्तै कार्यक्रमको अन्तिम दिन पौष ४ गते गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई नगद रु १ लाख सहयोग हस्तान्तरण गरिने साथै प्रधानाध्यापक बरालका स्व. बाबुआमाको स्मृतीमा देवचुली माध्यमिक विधालयमा रु १ लाखको अक्षयकोष स्थापना गरिने जस्ता विभिन्न कार्यक्रमहरु आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम सँगै खेलकुदमा उत्कृष्ट विधार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।