देवचुली.
देवचुली वडा नं १६मा रहेको रजहर जेसिजको ६औँ साधारणसभा तथा ५औँ अधिवेसन सम्पन्न भएको छ ।२०१९का अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा रजहर जेसिजका संस्थापक अध्यक्ष सुलचना कुवँर जि.सी, चित्रध्वज जि.सी, महासचिव हरि प्रसाद सापकोटा, लोक बहादुर कार्की क्षेत्री, राजु केसि, दुर्गा प्रसाद काफले, राजन गौतम, इश्वर बहादुर लोहनी, शोभा मुखिया,माधब सुवेदी, विन्दु क्षेत्रीको उपस्थिती रहेको थियो।
कार्यक्रममा २०१९का अध्यक्ष सन्तोष थापाले आफनो तर्कहरु राख्दै रजहर जेसिज भनेको आफुले केहि कुरा सिक्ने र अरुलाई जेसिजले सिकाएको कुरा सिकाउने एक थलो रहेको बताउँदै नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिनुभयो । रजहर जेसिजले स्थापनाकाल देखिनै समाजमा खालि बसेका युवायुवतीहरुलाई नयाँ सोच र हिम्मतका साथै उनिहरुको बोलीको विकास, आदर, सम्मान जस्ता विषयहरुलाई मनन गरी राम्रो बाटोमा हिड्न सिकाउने काम गर्दै आएको छ ।
जस्मा रजहर जेसिजले पढ्नको लागि बसेका बालबालिकाहरुलाई झोला वितरण,रजहर बजारमा रहेको मेडिकलहरुबाट म्याद सकिएको औषधीहरु नष्ट, जेसिज सप्ताहा कार्यक्रम, स्नेहा मिलन कार्यक्रम, समाजमा लुकेका प्रतिभाहरुमध्य क्रिकेट खेलाडीहरुलाई जर्सी वितरण र विभिन्न ट्रेनिड्डहरु समेत गर्दै आएको छ । अधिवेसन को कार्यक्रममा रजहर जेसिज २०२० को लागि अध्यक्षको पदमा जे.सि राजन गौतम सर्वसम्मत चयन हुनुभएको हो।
शनिबार साझ भएको आसान्न निर्वाचनमा राजु केसीलाई ४ मतान्तरले पछाडी पार्दे २०२०को अध्यक्ष पदमा निर्वाचित हुनु भएको हाे । त्यसैगरी रजहर जेसिज बर्ष २०२० का लागि कार्यकारी उपाध्यक्षमा जेसि हरि प्रसाद सापकोटा र इश्वर बहादुर लोहनी निर्वाचित हुनु भएको छ ।उपाध्यक्षमा जेसि प्रदिप अधिकारी, जेसि भानुभक्त पौडेल, जेसि विमल गौतम, जेसि सुरज सुवेदी गरी चार जना सर्वसहमत चयन हुनु भएको हाे ।
प्रत्येक बर्ष नयॉ नेतृत्व चयन गरिने जेसिजमा एक व्यक्ति एक कार्यकालका लागि मात्र पदमा रहने व्यवस्था रहेको छ । १८ बर्षदेखि ४० बर्ष उमेर समुहका युवाहरुको मात्र सहभागिता रहने संस्था जेसिज अन्र्तराष्ट्रिय संस्था रहेको छ ।