देवचुली,
किशोरकिशोरीलाई बेलाबेलामा सचेतना तालिम दिनुपर्ने कार्यक्रममा उपस्थित विधालयका विधार्थीहरुले बताएका छन् । जन जागृत युवा क्लबको आयोजना र देवचुली नगरपालिका वडा नं ९ को आर्थिक सहयोग साथै जागृती बाल तथा युवा सरोकार नेपालको समन्वयमा पहिलो दिनको तालिम सम्पन्न भएको छ । शुक्रबार देवचुली ९ विशालटार कालिका माध्यमिक विद्यालयमा भएको तालिममा विद्यालयका कक्षा ९ र १० का विधार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष मेख बहादुर सारुको प्रमुख आतिथ्तयता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका सारुले किशोरकिशोरी माथि लगानी गर्नुपर्ने र यस किसिमका तालिमले किशोरकिशोरीमा क्षमता बृद्धि हुने बताउदै आवश्यक पर्दा किशोरकिशोरीलाई वडाबाट सहयोग गर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा रजहर प्राकृतिक चिकित्सक हस्पिटलका एम. डि. डक्टर संग्रम पुरी, जिल्ला प्रहरी कार्यालयका इनिस्पेक्टर राजेन्द्र अधिकारी, देवचुली टेलिभिजनका मेनेजिङ डाइरेक्टर के.बि राना र जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले प्रशिक्षण गर्नुभएको थियो ।
पछिल्लो समय किशोरकिशोरी लागुऔषध दुव्र्यसनीमा फस्दै गएकाले गर्दा विभिन्न किसिमका घटनाहरु घटिरहेकोले गर्दा विद्यालय, टोल, समाजमा यस किसिमको तालिम अतिनै आवश्यकता रहेको कक्षा ९ मा अध्यनरत सरिता रानामगर बताउछिन् ।
यस्तै अर्का कक्षा ९ का अर्जुन सोतीले यस किसिमको तालिम किशोरकिशोरीको जिवनमा मात्र नभई मानव जिवनमा नै अति उपयोगी भएकाले गर्दा जिवनमा संर्घष गर्न सके हरेक कुरामा सफलता हासिल गर्न सकिने बताएका थिए । यसरी विद्यालयमा तालिम संचालन गर्दा नयाँ कुराको अनुभव लिन पाएकोमा किशोरकिशोरीहरु खुसी देखिन्थे ।
कार्यक्रममा लागुऔषध तथा दुव्यर्सनी, बाल अधिकार र कर्तव्य, बाल विवाह न्युनिकरण, जीवन उपयोगी र खाद्यन, मानसिक एवंम शारिरिक स्वास्थ्य जस्ता विभिन्न विषयमा तालिम दिईएको थियो ।
कार्यक्रममा जन जागृती युवा क्लबका उपाध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता रहेको थियो । यस्तै कार्यक्रममा वडा सदस्य, विधालयक शिक्षक, विधार्थी गरि ५० जनाको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण जन जागृत युवा क्लबका सचिव खेम सारुले गर्नुभएको थियो । तालिम भोलि पनि संचालन हुने भएको छ ।