देवचुली,माधव सुबेदी
रजहर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको १७औँ बार्षिक साधारणसभा एवम ७औँ अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता रजहर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष जयन्ती कुमारी श्रेष्ठ शर्मा रहनुभएको थियो भने प्रमुख अतिथीको रुपामा देवचुली नगरपालिका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ रहनुभएको थियो ।
त्यस्तै विशेष अतिथीको रुपमा देवचुली वडा नं १६का वडाध्यक्ष केशर बहादुर क्षेत्री,शिसवार मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष नेत्र बहादुर पाण्डे,चितवन राष्ट्रिय निकुन्जकी सहकारी सहजकर्ता रहनुभएको थियो । कार्यक्रममा रजहर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीहरु ,विभिन्न संघ संस्थाका अध्यक्ष, विशिष्ट व्यक्ति, शेयर सदस्य लगाएतको उपस्थिती रहेको थियो।
। कार्यक्रममा आफनो कुरा राख्दै प्रमुख अतिथी श्रेष्ठले रजहर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले स्थापना काल देखिनै साना साना पूजी, स्रोत र श्रमहरुलाई समुहमा संगठित गरी खर्चमा मितव्ययिताको विकास गर्दै आएको र आय मुलक सिपमुलक व्यापार, व्यवसायमा सुलभ र सेवा मुलक कार्यहरु गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि अझै प्रगति र उन्नती हुनेछ भन्दै नयाँ कार्यसमितिहरुलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा रजहर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष जयन्ती कुमारी श्रेष्ठ शर्माले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०५८ सालमा स्थापना भएको संस्थाले छरिएर रहेका समुहमा संगठित गरी खर्चमा हातेमालोमा विकास गर्दै बचतको बानी बसाल्दै आएको छ ।
यतिमात्र नभई संस्थाले आजको दिनसम्म कुल शेयर सदस्य संख्या १ हजार ५ सय १५ जना रहेको छ भने सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले एक स्थानीय तहमा एक प्रकृतिको एक मात्र संस्थाको सदस्य कायम हुनुपर्ने व्यवस्था प्रमुख चुनौतिको रुपमा रहेको बताउदै न्यून आय भएका मानिसहरुले गाँस काटेर भविष्यको लागि संकलन गरेको बचतमा प्राप्त व्याजमा समेत ५ प्रतिशत कर लाग्ने व्यवस्था समेत सदस्यहरुले समस्याको रुपमा लिने गरेको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट बाल बचत कर्ता, उत्कृष्ट बचत कर्ता जस्ता धेरै प्रगति गर्ने सफल भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।