देवचुली,माधब सुवेदी
देवचुली नगरपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अभिमुखिकरण कार्यक्रम देवचुली खानेपानीको सभाहलमा सम्पन्न भएको छ । देवचुली वडा नं ८ का वडाध्यक्ष चन्द्र बहादुर सिंजालीको अध्यक्षताका सो कार्यक्रम गरीएको थियो।
कार्यक्रममा देवचुली वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारु, वडा नं ७ का वडा सदस्य, गुम बहादुर थापा, विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष टिका राम भुसाल, वविता श्रेष्ठ,सिता पौडेल लगाएत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले उपस्थित हुनुभएका महिलाहरुलाई पशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अध्यक्षतामा रहनुभएका अध्यक्ष सिंजालीले लैंगिक हिंसा अन्त्य गर्न एक जुट हुनुपर्ने जोड दिदै समाजमा महिलको मात्र नभई पुरुषको को पनी हिंसा हुने गरेको बताउनुभयो । वडा नं ९ का वडाध्यक्ष मेख बहादुर सारुले आफनो भनाई राख्दै हिंसा भनेको महिला,पुरुष,बालबालिका,बृद्धा,बृद्धहरुमा पनी हुने गर्देछ तर त्यसलाई पहिला आफनो घर बाट लैंगिक हिंसाको अन्त्य गर्ने सकेमा मात्र हिंसा नहुने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षकको रुपमा रहनुभएका जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले संवैधानीक व्यवस्थाअनुसार वर्गीय,जातीय,क्षेत्रीय भाषिक धार्मिक , लैगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता,समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेस गर्ने संकल्प नेपालको संविधानले गरेको बताउदै प्रोजेक्टर द्धारा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा करिव ५५ जनाको उपस्थिती रहेको थियो ।