देवचुली,
देवचुली १६ रजहरका गोविन्द बस्याललाई बिहान उठे पछि बेलुका साँझ नभए सम्म फुर्सेद हुदैन । अहिले उनी केरा खेतीमा मोल हाल्न, पुरानो केरालाई फाल्न, केरा लगाउन व्यस्त छन् र राती अबेर सम्म पनि खेतमा खटिन्छन् ।
अति व्यस्त बस्यालले केरा खेती मात्र नभई तरकारी खेती पनि गरिरहेका छन् । बस्यालको दिनचार्य अहिले केरा खेती र तरकारी खेतीमा डुल्दै बितिरहेको छ । विगत ३ बर्ष देखि कृषि पेशामा दत्तचित्त भई लागिरहेका बस्यालले अहिले १५ विगहा क्षेत्रफलमा केरा खेती गरेका छन् भने ७ विगहामा तरकारी खेती गरेका छन् । ३५ लाखको लगानीमा २८ सय विरुवाबाट सुरु गरेको केरा खेतीमा अहिले ३५ हजार केराका बिरुवा रहेका छन् ।
बढदो् बजारीकरणमा फलफुलको व्यापक माग भएकाले केरा खेतीबाट राम्रो आम्दानी भएको तर सुरुसुरुमा निकै कठिनाइ आएता पनि काम गर्दै गएपछि सबै कुरा सिकिने रहेछ बन्ने कुरा बुजेको बास्यालले गुनासो गरे ।
केरा खेती गर्न धेरै विगाह क्षेत्रफलको जमिन चाहिने भएकाले आफुले जग्गा भाडामा लिई व्यवसायको रुपले खेती गरेको बताउछन् । केरा खेतीबाट कामदार, मलजल, औषधि, खर्च कटाएर बर्षेनी ९ देखि १० लाख सम्म आम्दानी हुने गरेको बताए ।
अहिले उहाँले तनहुँ, बुलङ्गिटारका गरि १२ जना कर्मचारीलाई रोजगार समेत दिएका छन् ।
नेपालमा रोजगार नै छैन भन्नेहरुको लागि समेत बस्याल एक उद्धारहणीय व्यक्ती बनेको छन् । एउटा असल नेपाली नागरिकले कृषि पेशामा लाग्नुपर्छ भन्ने मनसाय राखेर काम गर्नुपर्ने र समय र योग्यता अनुसारको रोजगारको सिर्जना गर्नुपर्ने बस्याल बताउछन् । उनको देवचुली १६ रजहरमा आफनै तरकारी तथा फलफुल पसल समेत रहेको छ । बिहानबेलुका आफ्नै बारीबाट तरकारी टिपेर बेच्ने र सबैलाई अर्गानिक ताजा तरकारी खुवाउने गरेको बताउछन् ।
बस्यालको घरपरिवारमा अहिले १० जना सदस्यहरु भएकाले काम गर्नको लागि घरपरिवारको साथ र सहयोग मिलेकोले आफु यहाँ सम्म आउन सकेकोेले खुसी व्यक्त गरे ।
बस्याल जस्तै अन्य युवाहरु पनि आफ्नै ठाँउमा केही गर्ने हो भने सबैले रोजगार पनि पाउने थिए कि बस्यालको केरा खेतीमा काम गर्ने रिमलाल पौडेलले बताए । विगत १ बर्ष देखि उनी बस्यालको खेतीमा काम गर्दै आएको र उनलाई रोजगार दिएकोमा खुसी हुदै कृषि क्षेत्रमा सबै लाग्नुपर्ने बताए ।
पहिले घरमा आफै खानको लागि मात्रै रोपिने एक दुई बोट केराबाट राम्रो आम्दानी भएपछि बस्यालले आफुमा केही गर्न सके राम्रो हुने रहेछ भन्ने सोच आएको बताए । बस्यालले आफैले उत्पादन गरेका केरा स्थानीय बजार ,चितवन, पोखरा सम्म पुर्याउने गर्छन् । यस्तै कृषि अनुदानबाट ७ लाख १६ सय सहयोग प्राप्त गरेको बस्यालले बताउनुभयो । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले युवाहरु विदेश नगई स्वदेशमा कृषि व्यवसायमा लागेर काम गरे समुदाय र मुलुक्कै लागि लाभदायिक हुने विषयमा केही सोच्ने पो हो कि ?