देवचुली,
लैङ्गिक हिंसा जरै देखि अन्त्य गर्न सबै जाग्नु पर्ने कार्यक्रममा उपस्थित वक्ताहरुले बताएका छन् । देवचुली नगरपालिका वडा नं ११ मा रहेको महिला बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान बृहत अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका थिए । आइतबार महिला बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडको भवन देखि सुरु गरिएको र्याली दलदले चोक हुदैँ साहारा पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
लैङ्गिक हिंसा विरुद्ध भन्नाले लिंगको आधारमा गरिने भेदभाव भन्ने बुझिन्छ तर पछिल्लो समय समाजमा महिलाको मात्र हिंसा नभई पुरुष माथि पनि हिंसा भइरहेको पाईएकाले अबको दिनमा महिला वा पुरुष कसैलाई पनि हिंसा हुन नदिनको लागि सचेत रहन यस किसिमको कार्यक्रमहरु गरिरहेको छ ।
महिलाहरु माथि धेरै हिंसा भयो भन्ने मात्र नभई समाजमा हिंसा भयो भन्ने पुरुषहरुको पनि कमी नभएको र आगामी दिनमा देवचुली नगरपालिकामा मात्र नभई नेपालभरका महिला दाजुभाईमा हिंसामा परे भन्ने घटना सुन्न नपाए निकै खुसी लाग्ने भिमिसेन विद्यालयकी कक्षा १२ मा अध्यनरत छात्रा तारा थापाले बताएकी छिन् ।
यस्तै कार्यक्रममा बोल्दै अधिकांश महिलाहरु हिंसामा परेका छन् जस्ले गर्दा महिलाहरु हरेक कुरामा पछि परिरहेको पाइन्छ त्यसैले लैङ्गिक हिंसालाई कसरी न्युनिकरण गर्न सकिन्छ र त्यसलाई हातेमालो गरि अगाडी बढनुपर्ने देवचुली नगरपालिकाका नगर प्रभक्ता वडा नं १३ का वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले बताउनुभयो ।
लैङ्गिक हिंसाको लागि पहिला त सबै अनुशासित हुनुपर्ने जसको लागि पहिले घर भित्रको हिंसालाई निकाल्न आवश्यक रहेको र हिंसा विरुद्ध १६ दिन मात्र नभई बेलाबेलामा सचेतना कार्यक्रम गर्न सके नै लैङ्गिक हिंसालाई न्युनिकरण गर्न सकिने बताउदै यदि कोही हिंसामा परेको छ भने नगरपालिकाले सक्दो सहयोग गर्ने कार्यक्रमको प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले बताउनुभयो ।
यस्तै कार्यक्रमको समापन गर्दे महिला बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष सरिता शर्माले अहिलेको २१ औँ शताब्दीमा पनि महिला मात्र नभई पुरुष माथि पनि हिंसामा परेकाले यसलाई न्युनिकरण गर्न यस किसिमको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिका भित्र विभिन्न वडाका वडा अध्यक्ष, राजनैतिक दलका प्रतिनिधि, विभिन्न आमा समुहका जनप्रतिनिधी, विधालयका विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । देवचुली नगरपालिका, जागृती बाल तथा युवा सरोकार नेपाल, दलित जागरण तथा विकास समिति संस्थाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण महिला बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडकी सचिव रत्न माया विश्वकर्माले गर्नुभएको थियो