देवचुली,माधब सुवेदी
गैडाकोट १५ अमरापुरीमा रहेको जनमुखी आदर्श कलेजमा विद्यार्थी कल्याणकारी मञ्च समितिको स्थापना भएको छ । कार्यक्रममा जनमुखी आदर्श कलेज क्याम्पस प्रमुख केशब घिमिरको अध्यक्षता, क्याम्पसका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको उपस्थितीमा नयाँ कार्यसमितिको स्थापना भएको हो । २०६५ सालमा स्थापना भएको जनमुखी आदर्श कलेजले गुणस्तरिय शिक्षा र विशेष गरी जेहेन्दार, गरिबी विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था लगाएत धेरै सेवासुविधा प्रदान गर्दै आएको छ ।
पछिल्लो समय हेर्ने हो भने कुनै पनि क्याम्पसहरुमा पार्टिगत समिति गठन गरी आफुलाई अगाडि बढाउदै लैजाने र शिक्षा आर्जन गर्ने क्याम्पस, विद्यालयहरुलाई पछाडी धकल्दै लगेको पाईएको छ । तर गैडाकोट १५ अमरापुरीमा रहेको जनमुखी आदर्श क्याम्पसमा यस्तो समिति गठन गरीएको छ जुन विद्यार्थीहरुले उनिहरुको शैक्षिक स्तरलाई आँच आउन नदिँनको लागि र क्याम्पसमा विद्यार्थीहरुलाई चाहिने सेवासुविधाहरु उपलब्ध हुने खालाको समिति स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष रहनुभएका घिमिरेले क्याम्पसले विद्यार्थीहरुको लागि धेरै कामहरु गर्दै आएको बताउदै विद्यार्थि र शिक्षक,शिक्षिका विचकाे अात्मियता बढाउने,विद्यालयमा हुने हरेक क्रियाकलायहरूमा विद्यार्थिहरूकाे विशेष भुमिका रहेकाे र अाफै संरक्षकाे रूपमा रहेकाे हुदा सकरात्मक तिर लैजानेमा प्रतिबद्ता गर्नुभयाे ।
त्यस्तै जनमुखी आदर्श कलेजका ‐वि.वि.एस) अध्यनरत विद्यार्थी संजय देवकोटाले जनमुखि आर्दश कलेजमा भएका विविध खालका समस्याहरुको पहिचान गरि त्यसलाई र्निमूल पार्ने, पाठेक्रम अध्यनको साथै विद्यार्थीहरुको बृद्धि विकासको लागि काम गर्ने र क्याम्पसको स्तर उन्नतिका लागि काम गर्ने जस्ता विषयबस्तुहरु उल्लेख गर्नुभयो । विद्यार्थी कल्याणकारी मञ्च जनमुखी आदर्श कलेजको कार्यसमितिमा रमा गैरेको अध्यक्षता सहित १९ जना कार्यसमिति चयन भएका छन् । जसमध्य मुख्य गरि अध्यक्ष रमा गैरे, उपाध्यक्ष साधना सुवेदी,सचिव अन्जलि पाैडेल, कोषध्यक्ष डिम प्रसाद चौधरी, सह सचिव जुना पौडेल,संरक्षकमा जनमुखी आदर्श कलेजका क्याम्पस प्रमुख केशव घिमिरे, सलाहाकारमा जनमुखी आदर्श कलेजका ‐वि.वि.एस)चाैथाे वर्ष अध्यनरत विद्यार्थी संजय देवकोटा,शिक्षक,शिक्षिकाहरू रहनुभएको थियो ।