देवचुली,माधब सुबेदी
देवचुली वडा नं १६ बाल संजालको आयोजनामा लैङ्गिक हिंसा विरुद्ध बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समानताको पुस्ता बलत्कार विरुद्धको ऐक्यबद्धता भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता देवचुली वडा नं १६ बाल संजालकी अध्यक्ष सविता लामिछानेले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री रहनुभएको थियो । त्यस्तै विशेष अतिथीको रुपमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, रहनुभएको थियो भने जागृति बाल तथा युवा सरोकार नेपालकी कार्यक्रता अधिकृत सविता पंगेनी वडा नं १६ की वडा सदस्य मिनु विश्वकर्मा, जानुका लामिछाने, रजहर ईलाका प्रहरी कार्यालय रजहरका प्रहरी सहायक निरीक्षक धु्र्व पौडेल, बालक्लवहरुबाट बालबालिकाहरुको उपस्थिती रहेको थियो ।कार्यक्रममा देवचुली बाल संजालकी उपाध्यक्ष निरूता खत्री,सृजना अर्याल र विद्या ढुङ्गानाले बालबालिकाहरूलाइ प्रशिक्षण दिनुभएकाे थियाे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्षेत्रीले महिला र पुरुषमा बराबर भिन्नता हुनुपर्ने कुरामा जोड दिदैँ देवचुली वडा नं १६ बाल संञ्जालले आयोजना गरेको लैड्डिक हिंसा विरुद्धको बृहत अन्तक्रिया कार्यक्रम १६ नं वडामा आयोजना गरेकोमा अत्यन्तै खुसी व्यक्त गर्दै लैड्डिक हिंसा दुबै पुरुष र महिलाको माध्यमबाट हुने गरेको हुन्छ यतिमात्र नभई विशेष गरि छुवाछुत, दाईजो प्रथा, बलत्कार, यौन शोषण, दुव्यवहार नकरात्मक सोचले गर्दा नै हिंसा हुने गरेको पाईएको छ भन्दै बालबालिकालाई वडाबाट गर्ने सक्ने सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।
कार्यक्रममा महिनावारीको बारेमा खुलेर बोलौ, म किशोरी सक्षम छु, किसोरीहरु माथि हुने अनसमानताको अन्त्य गरौँ जस्ता विषयबस्तुहरु पम्पलेट कार्ड मार्फत उल्लेख गरिएको थियो ।