देवचुली,
भिजिट देवचुली पर्यटन उत्सवमा रहेका १२५ भन्दा बढी स्टलहरुले सोचे अनुसारको ब्यापार भएको बताएका छन्। मङ्सिर ५ गते देखी सुरु भएको उत्सवको सुरुवाती २ दिन सम्म केहि गाह्रो भएता पनि त्यसपछिको दिनहरुबाट बिस्तारै व्यापारमा सुधार आएको स्टल व्यवसायीहरुले बताएका हुन्।
उत्सव परिसरमा विभिन्न प्रयोजनका लागि आवस्यक लत्ताकपडा , जाडो याममा आवस्यक पर्ने सिरक डसना , भान्छाका सामाग्रीहरु , बच्चाका खेलौना , कस्मेटिक सामाग्री , जुत्ता चप्पल , कृषि औजार सामग्री , स्थानीय स्तरमा उत्पादित मौलिक बस्तु हरु , कृषि प्रदर्शनी स्थल लगायतका स्टल हरु रहेको थियो। काठमान्डू , भैरहवा , बुटवल , पोखरा , नेपालगंज , बिरगंज लगायतका नेपालको विभिन्न ठाउँ बाट नवलपुरको दलदलेमा स्टल ल्याएर आएका थिए।
करिब ८५ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको उत्सवमा स्थानीय स्तरमा उत्पादित समाग्रीहरुले पनि राम्रो स्थान पाएका थिए। कृषि प्रदर्शनी स्थलमा दर्शकहरुको घुइचो लागेको थियो भने थारु समुदायको झल्को मेटिने मौलिक खाना र संस्कृतिको स्टलले पनि ग्राहकको राम्रो साथ पाएको थियो। त्यस्तै बाल उद्धानले पनि राम्रो कमाइ गरेको छ। रोटेपिंग ,जादु घर ,ब्रेक डान्स , बच्चाको लागि बोटिंग लगायतका अन्य बिभिन्न रमाइला खेलहरुले स साना बालबालिका संगै युवा युवतीको ध्यान आफु तिर तानेको थियो। भिजिट देवचुली पर्यटन उत्सवमा नियालेर हेर्ने हो बहने समग्रमा हरेक विधाको स्टल र खेलहरुले सोचे अनुरुप ब्यापार गरेका छन्।