देवचुली,
आभानी मिडिया प्रा.लि द्धारा संचालित ह्याप्पी एफ.एमको पाचौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको भिजिट देवचुली पर्यटन उत्सवको (आज) नवौँ दिनको पहिलो चरणमा आमा समुहरु बिच डोरी तान्ने प्रतियोगिता, पब्लिक स्पिकिङ्ग, सँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता आभानी मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरिया रहनुभएको थियो भने प्रमुख आतिथ्तयता गण्डकी प्रदेश सभा सदस्य रोसन बहादुर गाहा मगरले गर्नुभएको थियो ।
यस्तै अतिथीका रुपमा देवचुली नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भुपराज पाठक, नेपाल कम्युनिष्ट पार्टी नेकपा सदस्य राम प्रसाद शर्मा, जनज्योती नमुना माध्यमिक विधालयका अध्यक्ष तिल प्रसाद पाठक, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसाल लगायतका राजनीतिक दलका व्यक्ति, समाजसेवी व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका गण्डकी प्रदेश सभा सदस्य गाहाले नवलपुर जिल्लामा रहेको देवचुली नगरपालिका भित्र विभिन्न पर्यटकीय गन्तव्य रहेको र यस क्षेत्रलाई विकासित गर्न गण्डकी प्रदेश हरेक पल तत्पर रहने बताउनुभएको थियो ।
त्यस्तै उत्सवमा यस्तै लोक दोहोरी गाएक राजु परियार, दुर्गेश थापा र मुना अर्याल, सम्भु थापाको साथमा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
कार्यक्रमको नवौँ दिन सम्म करिब ८० हजार दर्शकहरुहरुले अवलोकन गरेकोे टिकट व्यवस्थापक बलिराम सापकोटाले बताउनुभयो । यस्तै कार्यक्रमको दसौँ दिन शनिबार पछिल्लो समय निकै चर्चित धादिङ्गकी बाल गायिका कमला घिमिरे र गायक रमेश राज भट्टराईको साथमा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।