आभानी मिडिया प्रा.लि द्धारा संचालित ह्याप्पी एफ.एमको पाचौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको भिजिट देवचुली पर्यटन उत्सवको (आज) सातौँ दिन विभिन्न सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता आभानी मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरिया रहनुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।
यस्तै विशिष्ट अतिथीका रुपमा देवचुली नगरपालिका वडा नं १३ का वडा अध्यक्ष क्यापटेन डिल बहादुर खत्रीले गर्नुभएको थियो भने अतिथीका रुपमा देवचुली नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, देवचुली उधोग वाणिज्य संघका अध्यक्ष, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लगायतका समाजसेवी व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका देवचुली नगप्रमुख श्रेष्ठले एफ.एमले आयोजना गरेको भिजिट देवचुली पर्यटन उत्सवले देवचुलीको मात्र नभई सिंगो नवलपुर भित्र पर्यटन भित्राउन मद्धत पुराउने र पर्यटन वर्ष २०२० लाई सफल पार्न यस कार्यक्रमले मुख्य भुमिका खेल्ने बताउदै कार्यक्रम भव्य रुपमा सफल पार्न सम्पुर्णलाई सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमको साताँै दिन राष्ट्रिय लोक तथा दोहोरी गायक टंक बुढाथोकी यस्तै बाल गायक ए.आर बुढाथोकी र अशोक दर्जीको धमाका प्रस्तुती रहेको थियो । कार्यक्रममा मन विनाको धन ठुलो कि धन विनाको मन ठुलो, चउरीको चाम्रो छुरपी, कसरी कसरी, २ दुना ४ जोडी जम्छ यार जस्ता दर्जनौ गित गाएर उपिस्थत दर्शकहरुलाई नचाएका थिए ।
यस्तै लोक दोहोरी गाएक ढाकाराम पौडेल, सपना परियार, सम्भु थापा साथमा अन्य स्थानीय कलाकारको प्रस्तुती रहेको थियो भने बामरी, माकुरीको जाल जस्ता गितमा दोहोरी गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रमको सातौँ दिन सम्म आइपुग्दा करिब ५० हजार दर्शकहरुको अवलोकन गरेकोे टिकट व्यवस्थापक बलिराम सापकोटाले बताउनुभयो । यस्तै कार्यक्रमको आठौँ दिन बिहिबार लोक दोहोरी गायक राजु परियार र खुमन अधिकारीको साथमा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।