देवचुली,
आभानी मिडिया प्रा.लि द्धारा संचालित ह्याप्पी एफ.एमको पाचौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको भिजिट देवचुली पर्यटन उत्सवको (आज) पाँचौ दिन विभिन्न सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता आभानी मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरिया रहनुभएको थियो भने प्रमुख आतिथ्तयता जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले गर्नुभएको थियो ।
यस्तै विशेष अतिथीका रुपमा जिल्ला समन्वय समिति उपप्रमुख शारदा विश्वकर्मा, सदस्य खिमा सारु, तिलमाया आले, देवचुली उधोग वाणिज्य संघका संस्थापक धर्म बस्याल, देवचुली उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सत्य नारायण भुसाल, जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा लगायतका समाजसेवी व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
महिला सक्षम भए देश विकासले गति लिने र पर्यटन वर्ष २०१९ देखि २०२२ सभ्य र भव्य रुपमा सफल बनाउन एफ.एमले यस योजनालाई सफल पार्न महत्वपुर्ण भुमिका खेल्ने कार्यक्रममा प्रमुख अतिथी रहनुभएका आलेले बताउनुभएको थियो ।
कार्यक्रमको पाँचौ दिन पछिल्लो समय निकै चर्चित भएकी धादिङ्गकी लोक दोहोरी बाल गायिका कमला घिमिरे, लोक दोहोरी गायक, अमृत सापकोटा र राजन गुरुङ्गको प्रस्तुती रहेको थियो ।
कमलाले चिया छानेको गितमा अमृत सापकोटा सँग दोहोरी गाएर दर्शकहरुलाई नचाएकी थिइन् भने राजन गुरुङ्गले उहि खोलीमा पानी गाएर उपिस्थत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा करिब ८ हजार दर्शकहरुले उत्सवमा अवलोकन गरेको टिकट व्यवस्थापक बलिराम सापकोटाले बताउनुभयो । यस्तै कार्यक्रमको छैठौँ दिन मंगलबार लोक दोहोरी गायक ढाकाराम पौडेल र लोक दोहोरी गायिका प्रिती आलेको साथमा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।