देवचुली,
आभानी मिडिया प्रा.लि द्धारा संचालित ह्याप्पी एफ.एमको पाचौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको भिजिट देवचुली पर्यटन उत्सवको (आज) चौथो दिन विभिन्न सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता आभानी मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरिया रहनुभएको थियो भने प्रमुख आतिथ्तयता प्रदेश सभा सदस्य गण्डकी प्रदेशका माननीय विष्णु लामिछानेले गर्नुभएको थियो ।
यस्तै अतिथीका रुपमा नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे, जि.पी कोइराला फाउण्डेसन नवलपुरका अध्यक्ष झपेन्द्रश्वर भुसाल, नेपाल प्रेस युनियन केन्दिय सचिव के. वि राना, नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष गोविन्द लाछिाने, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट, नेकपा देवचुली नगर कमिटी सचिव डिलाराम पाण्डे, देवचुली नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष भिमलाल तिवारी, देवचुली उधोग वाणिज्य संंघका अध्यक्ष रेशमलाल सापकोटा, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसाल, लगायतका समाजसेवी व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका लामिछानेले नवलपुरका विभिन्न ठाँउमा पर्यटकीय स्थल रहेको तर यस्ता पर्यटकीय स्थललाई प्रवद्र्धन गर्नको लागि प्रचार प्र्रसारको आवश्यकता रहेको बताउदै संचारमाध्यमको यो प्रयास पकै पनि सफल हुनेमा विश्वास गर्दै भिजिट देवचुली पर्यटन उत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
विभिन्न स्थानीय कलाकारहरुको प्रस्तुतीहरु सँगै सुरु गरिएको सांस्कृतिक कार्यक्रममा चर्चित लोक दोहोरी गायिका ज्योती मगर सँगै अन्य राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका सदस्य कलाकार सपना परियार, सम्भु थापा, मनिष थापा, आयुष नेपाली र चितवन पर्साबाट सारथक व्यनडहरुको प्रस्तुती रहेको थियो ।
लोक दोहोरी गायिका ज्योती मगरले दर्जनौँ एकल भाका गाएर उपस्थित दर्शकहरुलाई उफारेका थिईन् । उहि खेलीमा पानी, उहि मुलाको सिन्की उहि मुलाको चाना जस्ता चर्चित गीत गाउदै दर्शक सँगै मंचमा आसिन अतिथीहरुलाई पनि नचाएकी थिइन् । यस्तै भिजिट देवचुली पर्यटन उत्सवको पाँचौ दिन अर्थात मंसिर नौ गते सोमबार चर्चित लोक दोहोरी गायक राजन गुरुङ्ग साथमा अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।