देवचुली,
आभानी मिडिया प्रा.लि द्धारा संचालित ह्याप्पी एफ.एमको पाचौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको भिजिट देवचुली पर्यटन उत्सव (आज) बिहिबारबाट औपचारिक रुपमा सुरु भएको छ । आभानी मिडिया प्रा. लिका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षता रहेको उदे्घाटन समारोहमा गण्डकी प्रदेशका उधोग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्तयता रहेको थियो ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्यहरु मानीनय कृष्ण चन्द्र नेपाली, रोशन बहादुर गाहा, विष्णु लामिछाने, लक्ष्मी सुनार, प्रतिनिधी सभाका पुर्व सदस्य महेन्द्र ध्वज जि.सी, सम्बिधान सभाका पुर्व सदस्य कृष्ण चन्द्र पौडेल, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट, लगायतको विशिष्ट आतिथ्तयता रहेको समारोहमा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले, देवचुली नगरपालिकाका मेयर पुर्ण कुमार श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बिशेष आतिथ्तयता रहेको थियो ।
उद्घाटन समारोहको पहिलो दिन मंसिर ५ गते (आज) बिहिबार बिहान ११ बजे रेडियोको प्राङ्गणबाट बाजागाजा सहित निस्केको ¥यालीमा कलश यात्रा र विभिन्न जातजातिका झाँकीहरु पनि समेटी १ किलोमिटरको शोभायात्रा उत्सव स्थल सम्म गरिएको थियो । रेडियोको प्राङ्गण बाट सुरु भई दलदले चोक पुगि पश्चिम तर्फ करिब २ सय मिटरको बाटो हुदै पुन उत्तर तर्फ उत्सव स्थल सम्म पुग्दा देवचुली नगरपालिका भित्र भएका विभिन्न आमा समुह, संघसंस्था र विधालयका गरि करिब ४० समुहको उत्साहजनक सहभागीता रहको थियो ।
उद्घाटन समारोहमा बोल्दै विभिन्न वक्ताहरुले भिजिट देवचुली पर्यटन उत्सव २०७६ को सफलताको लागि शुभकामना व्यक्त गरेका थिए भने उत्सवको उद्घाटन गर्दै प्रमुख अतिथी मन्त्री लम्सालले अब आउँदा दिनहरुमा देवचुली नगरपालिका र गण्डकी प्रदेशका विभिन्न पर्यटकीय सम्भवना बोकेका गन्तव्य स्थलहरुको पहिचान गरि संरक्षण र प्रवद्धन गर्नुपर्ने आजको आवश्यकता रहेको र आफु पनि यसैको लागि सदैव जे गर्न पनि तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
देश व्यापी रहेका विभिन्न संचार माध्यमहरुको भिडमा नेपाल भिजिट वर्षलाई प्रवद्धन गर्न देवचुली नगरपालिकामा रहेको यस १०३.८ ह्याप्पी एफ.एमले कार्यक्रम आयोजना गरेकोमा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।