देवचुली,माधब सुबेदी
जन जागृत युवा क्लबको आयोजनामा प्रथम वडा कप महिला भलिबल प्रतियोगिता बुधबारबाट शुरु भएको छ । कार्यक्रमको अध्यक्षता जन जागृत युवा क्लबका अध्यक्ष कृष्ण बहादुर आलेले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारी रहनुभएको थियो । त्यस्तै विशेष अतिथीको रुपमा देवचुली नगरपालिका युवा तथा खेलकुद समितिका अध्यक्ष भिमलाल तिवारी, वडा नं ६ का वडाध्यक्ष मिन बहादुर सोती, जन जागृत युवा क्लबका संस्थापक अध्यक्ष टेक बहादुर गाहा रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिवारीले समाजमा छोरीलाई भन्दा छोरालाई बढि प्राथामिक्ता दिने गरेको पाईन्छ तर कुनामा लुकेर बसेका प्रतिभाहरुलाई आज बाहिर सबैको सामु देखाउन सहयोग गरेको जन जागृत युवा क्लबलाई विशेष धन्यवाद दिनुभएको थियो भने देवचुली नगरपालिकाले गर्नुपर्ने अवस्थामा हातेमालो गरी सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा ११ टिमको सहभागीता रहेको छ भने उद्घाटन समारोहमा दुई टिमले प्रतिशप्रधा गरेका हुन ।
पहिलो चरणको खेलमा नेपाल राष्ट्रिय सारद्धा आधभुत विधालय वडा नं ६ र जनज्योती माध्यमिक विधालय वडा नं १५ बिच भएको खेलमा नेपाल राष्ट्रिय सारद्धा आधभुत विधालय वडा नं ६ विजयी हुन सफल भएको छ भने दोस्रो चरणको खेलमा आयोजक टिम जन जागृत युवा क्लब वडा नं ९ र भिमसेन आदर्श विधालय वढा नं ७ बिच भएको खेलमा आयोजक टिम जन जागृत युवा क्लब वडा नं ९ विजयी हुन सफल भएको छ ।
प्रतियोगितामा पुरस्कारको व्यवस्था रहेको छ भने प्रथम हुने टिमलाई २० हजार,प्रमाणपत्र,मेडल, दोस्रो हुनेलाई १५ हजार,प्रमाणपत्र,मेडल र सान्तोना हुने दुबै खेलाडिलाई ५,५ हजार,प्रमाणपत्र,मेडल प्रदान गरीने भएको छ । कार्यक्रमको सहजिकरण जन जागृत युवा क्लबका सचिव खेम बहादुर सारुले गर्नुभएको थियो ।