देवचुली,
महिनावारीमा हुने समस्यालाई न्यूनिकरण गर्नुपर्ने एक कार्यक्रममा उपस्थित सरोकारवालाहरुले बताएका छन्।
देवचुली नगरपालिका वडा नं ३ को समन्वयमा जागृती बाल तथा युवा सरोकार नेपाल कयान्लनद्धारा आयोजित किशोरी अधिकार संरक्षणको लागि सरोकारवालाहरु सँग वडास्तरीय छलफल कार्यक्रममा उपस्थीत रहनुभएका वक्ताहरुले सो कुरा बताएका हुन् ।
अझै पनि समाजमा महिनावारी हुदाँ छुवाछुत गर्नुहुदैँन, दाजुभाईहरु सँग सँगै बस्नुहुदैन जस्ता मान्यताहरुमा कमि आएकोे छैनन् । यस्तो मान्यताहरुलाई अब कम गर्नुपर्छ भन्ने उद्धेश्यले जागृती बाल तथा युवा सरोकार नेपालले टोल, विधालय, समाजमा गई जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
महिनावारीको समयमा हरेक किशोरीहरुलाई शारीरिक पिडा हुने गर्दछ् त्यस पिडालाई कम गराउनको लागि हरेक घरपरिवारका सदस्यहरुले पुरा रुपमा सहयोग र साथ दिनुपर्ने कार्यक्रममा उपस्थित दिव्यापुरी महिला स्वाबलम्बन संस्थाकी अध्यक्ष शान्ता सापकोटाले बताउनुभयो ।
महिनावारी हुदाँ पहिले पहिले छुटै छाप्रोमा लगेर राख्थे भने अहिले त्यो प्रविधी कम हुदै आएको छ त्यसैले अझै महिनावारी हुदाँ गरिने व्यवहार कम गराउनको लागि पहिले आफ्नै परिवारबाट सुरु गर्नपर्ने नेकपा माओवादीका अध्यक्ष युवाराज वाग्लेले बताउनुभयो ।
यस्तै एक ठाँउमा मात्र नभई हरेक ठाँउका मानिसहरुमा चेतनामुलक कार्यक्रम गर्न सक्ने हो भने छुवाछुतको कमी आउने दिव्यपुरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष तिल प्रसाद पाठकले बताउनुभयो ।
यस्तै जागृती बाल तथा युवा सरोकार नेपाल र क्यानलनद्धारा संचालन भईरहेको कार्यक्रम बालिका सशक्तिकरण कार्यक्रमकी अभियान्ता आस्था अर्निजित वस्ताकोटीले समाजमा अझै पनि किशोरकिशोरीहरु बिच भेदभाव भईरहेको पाएकाले किशोरकिशोरीलाई सम्मान व्यवहार गर्नुपर्ने कुरामा जोड दिईएकी थिईन् । कुनै कार्यक्रममा जाँदा एकासी महिनावारी हुदाँ त्यस ठाँउमा प्याडको व्यवस्था नहुदाँ पनि दुख लाग्ने गरेको र यस्ता कुरालाई विशेषता सबैले ध्यान दिनुपर्ने उनको भनाईरहेको थियो ।
कार्यक्रममा बोल्दै जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले यस किसिमका कार्यक्रमलाई अझै दिगो बनाएर लैजानुपर्ने बताउदै यसको लागि एउटा संस्था मात्र नभई सबैले हातेमालो गरेर जानुपर्नेमा जोड दिनुभएको थियो ।
यस्तै कार्यक्रमको अध्यक्षता रहनुभएका देवचुली नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गोपाल राज शर्मा लम्सालले जागृती बाल तथा युवा सरोकार नेपालले किशोरीहरुको क्षेत्रमा धेरै राम्रो काम गरिरहेको छ र आगामी दिनमा पनि गर्ने विश्वसता गर्दै समाजमा नारी पुरुष बराबर भन्नको लागि पहिले आफ्नो सोच, घरपरिवार अनि समाज परिवर्तन हुन आवश्यक रहेको बताउनुभएको थियो । किशोरकिशोरीहरुलाई सशक्तिकरण गर्ने उद्धेश्यका लागि वडाले बजेट विनियोजन समेत गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका पधाधिकारी, किशोरकिशोरी, स्थानीय जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण विश्वास लामिछानेले गर्नुभएको थियो ।