देवचुली,
नेपाल दलित संघ जिल्ला कार्य समिति नवलपरासी द्धारा आयोजित पुर्नगठित जिल्ला कार्य समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम देवचुली पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता नेपाल दलित संघ जिल्ला कार्य समिति नवलपुरको अध्यक्ष प्रेम बहादुर विश्वकर्मा (प्रकाश) रहनुभएको थियो भने प्रमुख आतिथ्तयतामा नेपाली काँग्रेस केन्द्रिय महामन्त्री प्रा.डा शशाङक कोइरालाले गर्नुभएको थियो । यस्तै कार्यक्रममा विशिष्ट अतिथीका रुपमा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रमुख कृष्ण चन्द्र नेपाली, नेपाली काँग्रेसका नेता संविधान सभा सदस्य महेन्द्र ध्वज जि.सी, नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रदेश सभा सदस्य बिष्णु लामिछाने, गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, देवचुली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका कोइरालाले नवलपुर जिल्लामा दंलित संघले पहिलो पटक यति ठुलो कार्यक्रम गरेकोमा आभार व्यक्त गर्दै दलित पनि अब अरु सम्मान हुने बताउदैँ दलित संघका लागि नेपाली काँगे्रसले आगामी दिनमा सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पुर्नगठित कार्यक्रममा उपाध्यक्षमा सकिला परियार, सचिवमा लोकप्रसाद रामदाम, सहसचिवमा राकेश वि.क, कोषध्यक्षमा सुमित्रा विश्वकर्मा, सदस्यमा रुपेश विश्वकर्मा, चिन्त बहादुर विश्वकर्मा, अमृता नेपाली, पुजा परियार, राजकुमारी विश्वकर्मा, शोभा वि.क, धर्म बहादुर परियार, देवी नेपाली, तुलाराम सुनार, प्रकाश रसाईली १४ जना कार्य समितिमा चयन भएका छन् । पुर्नगठित भएका सम्पूर्णलाई आगामी दिनको लागि बधाई तथा शुभकामना दिईएका थियो ।