देवचुली,
१०३.८ ह्याप्पी एफ.एमले पाचौँ वार्षिकत्सवको अवसरमा आगामी मंसिर ५ गते देखि संचालन गर्न लागेको भिजिट देवचुली पर्यटन उत्सव २०७६ को लागि प्रचारप्रसारको आज शनिबार अन्तर वित्तिय संस्था फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जनज्योती नमुना माध्यमिक विधालयमा विहान ७ः०० बजे सुरु भएको खेलको अध्यक्षतामा आभानी मिडिया प्रा.लिका अध्यक्ष डिलीराम कडरिया रहनुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिका वडा नं १४ का वडा अध्यक्ष हेमराज दवाडीले गर्नुभएको थियो ।
यस्तै बिशेष अतिथीका रुपमा वडा नं १५ का वडा अध्यक्ष हरिभक्त भट्टराई र एन आइ.सि एसिया बैँकका तारा बिक्रम पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी दवाडीले खेल खेल्दा सबैमा एकआपसको भाइचारा सम्बन्ध कायम हुने बताउदै यो खेलले शारिरक विकास सँगै समाजमा भएको विकृती बिसङ्गतीलाई अन्तय गर्न मद्धत पु¥याउने बताउनुभएको थियो । प्रतियोगिताको सुरुवातमा वडा अध्यक्ष दवाडीले रेफ्रीलाई फल हस्तान्तरण गरि खेल सुरु गरिएको थियो ।
प्रतियोगितामा दलदलेमा रहेको एन.आइ.सी एसीया बैँक, बिकु बचत तथा ऋण सहकारी संस्था, किसान बचत तथा ऋण सहकारी संस्था, नव प्रगती पृश्वी बचत तथा ऋण सहकारी संस्था, परोपकार बचत तथा ऋण सहकारी संस्था गरि ५ वटा बैँकहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा नव प्रगती पृश्वी बचत तथा ऋण सहकारी संस्थाका प्रतियोगीहरु प्रथम हुन सफल भएका थिए भने किसान बचत तथा ऋण सहकारी संस्थाका प्रतियोगीहरु उपविजेता हुन सफल भएको थियो ।
प्रथम हुने प्रतियोगिलाई टर्की, प्रमाण पत्र, ट्रफी र उत्सवमा विशेष पासको व्यवस्था गरिएको ह्याप्पी एफ.एमका प्रबन्धक निर्देशक दिपेश कडरियाले बताउनुभएको छ ।
कार्यक्रमको समापनमा बोल्दै कडरियाले मंसिरमा हुने उत्सव एफ.एमको मात्र नभई समग्र देवचुलीवासीको भएकाले सम्पूर्णमा उपस्थितीको लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा स्थानीयवासी, खेल प्रेमी लगायतको उपस्थिती रहेको थियो ।