देवचुली,
प्रगतिनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाचौँ वार्षिक साधारण सभा दलदलेको साहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष रुमाकला काफ्लेको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो । यस्तै कार्यक्रममा विशेष अतिथीका रुपमा देवचुली वडा नं १३ का वडा अध्यक्ष क्यापटेन डिल बहादुर खत्री, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, परोपकार साकोसका अध्यक्ष खेमराज सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका श्रेष्ठले साना किसान कृषि सहकारीले विगतका दिनहरुमा शेयर सदस्यहरुलाई कृषि व्यवसायीमा आर्कषित बनाउन लागेको र नेपाल एक कृषि प्रदान देश भएकाले हरेक व्यक्ति कृषि तर्फ लाग्नुपर्ने बताउनुभएको थियो ।
५ औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७५/२०७६ मा गरिएको कार्यहरु संस्थाकी अध्यक्ष रुमाकला काफ्ले, लेखा संयोजक दिपा पौडेल, विमा समिति सदस्य दुर्गा विष्टले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष काफ्लेले साना किसान कृषि सहकारीले आर्थिक बर्ष २०७४/०७५ मा सहकारी अन्र्तगत बुटवल ईलाकाबाट लुम्बिनि अञ्चलमानै उत्कृष्ठ भई प्रथम पुरस्कार पाप्त गर्न सफल भएको, सदस्यलाई भैँसी फर्म गाई र्फमका लागि ब्यवसायी बनाउन ९ प्रतिसत मा कर्जा लगानी गराएको, सदस्यको एक जना छोरीलाई कृषि तालिमको लागी इराइल पठाएको, एक जना सदस्यलाई रु ५० लाख अनुदान पार्न सफल, सदस्यलाई तरकारी बिउ वितरण जस्ता विभिन्न कामहरु गरेको जानकारी गराउनुभएको थियो । यस्तै उहाँले भावी दिनमा महिलाहरुलाई आर्थिक सामाजिक हिसाबलमा बलियो बनाउन विभिन्न आय मुलक तालिमहरु ल्याउने, पशुपालन, तरकारी खेती तालिम संचालन गर्ने, सस्तो ब्याजको मासुजन्य रकमलाई ऋण लगानी गर्ने जस्ता विभिन्न कामहरु गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा भैसी पाल्ने देवचुली १२ की तुलसी भण्डारी, गाई पाल्ने देवचुली १३ की तुलसी सुवेदी, कुखुरा पाल्ने देवचुली १४ की धनकुमारी घर्ती, तरकारी खेती गर्ने देवचुली १२ की निम कुमारी मह्त्व, बाख्रा पाल्ने देवचुली ७ की सुमित्रा पराजुली गरि ५ जना शेयर सदस्यलाई ५ औँ वाषिर्क साधारण सभामा सम्मान गरिएको थियो ।
कार्यक्रममा सेयर सदस्य लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाकी लेखा संयोजक दिपा पौडेलले गर्नुभएको थियो ।