देवचुली,
नेपाल सरकारले भ्रमण वर्ष २०२० प्रवर्द्धन गरिरहेको अवस्थामा देवचुली नगरपालिकाका विधार्थीहरुले देवचुलीमा घुम्न आव्हान गरेका छन् । आभानी मिडियाद्धारा सञ्चालित १०३.८ ह्याप्पी एफ.एमको ५ औँ वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ५ गतेबाट सञ्चालन गर्न लागेको “ भिजिट देवचुली पर्यटन उत्सव ” अन्र्तरगत भिजिट देवचुली पब्लिक स्पिकिङ्ग प्रतियोगितामा विधार्थीहरुले देवचुली नगरपालिका भित्र घुम्नको लागि विभिन्न पर्यटकीय सम्भवना बोकेका स्थलहरु रहेको बताएका थिए ।
बुधबार देवचुली १५ प्रगतिनगरमा रहेको विश्व ज्योती माध्यमिक विधालयमा गरिएको भिजिट देवचुली पब्लिक स्पिकिङ्ग प्रतियोगितामा शुशिक गौतम जनज्योती माध्यमिक विधालय, मौसम श्रेष्ठ, सफलता सुवेदी विश्व ज्योती माध्यमिक विधालय, सुचित्रा लम्साल कुमारवर्ती ई. बोडिङ्ग स्कुल, रेजिना घर्ती मगर वरचुली माध्यमिक विधालय, अनिश काफ्ले, लक्ष्मी काफ्ले भिमसेन आदर्श नमुना माध्यमिक विधालय, अंकिता पाठक, प्रवेश सिग्देल सकला माध्यमिक विधालय, बे्रटिना श्रेष्ठ अमर ईङ्गलस बोडिङ्ग स्कुल, युदिप सारु, वर्षा पौडेल पृश्वी माध्यमिक विधालय, कृतिका पोख्रेल नेपाल नमुना माध्यमिक विधालय, सचिना तामाङ्ग कालिका माध्यमिक विधालय का गरि १४ जना विधार्थीहरुको सहभागिता रहेको थियो ।
१४ जना विधार्थीहरु मध्य कृतिका पोख्रेल नेपाल नमुना माध्यमिक विधालय, युदिप सारु पृश्वी माध्यमिक विधालय, मौसम श्रेष्ठ विश्व ज्योति माध्यमिक विधालय, रसिक गौतम जनज्योती माध्यमिक विधालय, रेजिना घर्ती वरचुली माध्यमिक विधालय र प्रवेश सिग्देल सकला माध्यमिक विधालयका विधार्थीहरु उत्कृष्ट ६ मा पर्न सफल भएका छन् भने उत्कृष्ट ६ जना भिजिट देवचुली पर्यटन उत्सवको कार्यक्रममा आफ्नो पुन प्रस्तुती राख्न पाउने छन् । उत्कृष्ट ६ मध्य एकजना प्रथम हुनेछन् र प्रथम हुने प्रतियोगीलाई नारायणगढको सम्पूर्ण किताबले विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
कार्यक्रममा देवचुली जेसीजका कार्यकारी उपाध्यक्ष जेसी चन्दा बास्तोलाको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्तयता देवचुली वडा नं १५ का वडा अध्यक्ष हरिभक्त भट्टराईले गर्नुभएको थियो । यस्तै प्रतियोगितामा देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, देवचुली नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भुपराज पाठक, नवलपुरको नारी साहित्यकार कृष्णदेवि शर्मा निर्णायकको रुपमा रहनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी रहनुभएका भट्टराईले नवलपुरको देवचुली नगरपालिका भित्र देवचुली डाँडा, कुमारवर्ती मन्दिर, संस्कृत विधालय, नाग पोखरी, शास्वतधाम जस्ता विभिन्न पर्यटकीय क्षेत्रहरु रहेकाले यस क्षेत्रमा कसरी पर्यटक भित्राउने भन्ने विषयमा गम्भीर भएर सोच्न आवश्यक रहेको बताउदैँ विदेशी पर्यटक भित्राउने मात्र नभई स्थानीय व्यक्तिहरु पनि आफ्नो क्षेत्रमा घुम्नु पर्ने बताउनुभएको थियो । यस्तै आफ्नो क्षेत्रबाट देवचुलीमा पर्यटन विकासका लागि सक्दो सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले मंसिरमा हुने उत्सब एफ.एमको मात्र नभई समग्र देवचुलीवासीको भएका हुनाले यस कार्यक्रमले देवचुली नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउनको लागि भिजिट देवचुली पर्यटन उत्सव कार्यक्रमको आयोजना गरिएको साथै नवलपुर भित्र रहेका कावसोती नगरपालिका, देवचुली नगरपालिका, गैडाकोट नगरपालिका भित्र भएका स्थानीयको पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो । प्रतियोगितामा विधार्थीहरुले देवचुली नगरपालिका भित्र विभिन्न पर्यटकीय क्षेत्र भएकाले अन्त कतै नगई देवचुलीमै घुम्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो ।