देवचुली,माधब सुबेदी
देवचुली १६ रजहरमा रहेको धुसेरी सामुदायिक वन उपभोक्ता समुहको २९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता धुसेरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लोक बहादुर कार्की क्षेत्रीले गर्नुभएको थियो भने प्रमुख अतिथीको रुपमा डिभिजन वन कार्यालय नवलपुरका डिभिजन वन अधिकृत पूर्णेश्वर सुबेदी रहनुभएकाृे थियो । त्यस्तै बिशिष्ट अतिथीको रुपमा डिभिजन वन कार्यालयका सहायक अधिकृत कृष्ण बहादुर देवकोटा रहनुभएको थियो भने देवचुली नगरपालिका वडा नं १६ का वडाध्यक्ष केशर बहादुर क्षेत्री, सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सम्झना अधिकारी, स्थानीय महासंघ एवम सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष कमल बाचेले विशेष अतित्थ्यता गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाहरु, १ देखि १७ सम्मका सामुहायिक वन, बरिष्ठ व्यक्ति, समाजसेवी,बुद्धिजीवी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा धुसेरी सामुदायिक वन उपभोक्ता समुहकी उपाध्यक्ष देवु भक्ति वानियाले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा धुसेरी सामुदायिक वन उपभोक्ता समुहकी सचिव सुमित्रा थनेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष धन बहादुर क्षेत्रीले ०७५–७६ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुबेदीले धुसेरी सामुदायिक वनले बार्षिक कृयाकलापहरु समावेश गरि प्रगति पुस्तिका तयार पारेकोमा खुसी व्यक्ति गर्नुभयो भने यस पुस्तिकाले वनको संरक्षण, सम्वर्धन, विकास, उपयोग एवम गरिबी निवारण एवं जीविकोपार्जन र सामाजिक विकास सम्बन्धमा भए गरेको क्रियाकलापहरु समेत रहेको बताउदै आगामी दिनमा स्थानीय तथा राष्ट्रिय रुपमा आफनो पहिचान बनाई राख्न सफल रहिरहने छ भन्दै शुभकामना दिनुभयो ।
२०५२ सालमा स्थापना भएको धुसेरी सामुदायिक वनले वन स्रोत र सम्पदामा गरिब, दलित जनजाति, महिला उपभोक्ता सदस्यहरुको पहुँच बढाउँदै उनिहरुको अधिकार र कर्तव्यको बोध गराई गरिबी निवारणका लागि जीविकोपार्जन कार्यक्रमको माध्यमबाट उनिहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण कार्यहरु गर्दै आएको छ । यतिमात्र नभई सामुदायिक वनले २०७५ सालमा गणेशमानसिंह राष्ट्रिय पुरस्कार सान्त्वना पाउन सफल भएको थियो भने वन संरक्षण, सम्बद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन, जैविक विविधता संरक्षण, गरिबी न्युनीकरण सम्बन्धी कार्यक्रममा योगदान राम्रो रहेको साथै समुहभित्र समेत सुशासन कायम राख्न समेत सफल भएको भन्दै २०७६ सालमा पनि गणेशमानसिंह राष्ट्रिय पुरस्कार पाउन सफल भएको छ । कार्यक्रममा देवचुली १६र१७ वडाबाट ५ जना जेष्ठ नागरिकहरुलाई हरलिस, ५ सय रकम र दोसल्ला ओढाई सम्मान गरिएको थियो भने उत्कृष्ट वन संरक्षक कर्मीमा एकल महिलाबाट ५ जनालाई दोसल्ला, प्रमाणपत्र र तिज गित प्रतियोगितामा सफल हुने ७ जनालाई दोसल्ला,प्रमाणपत्र त्यस्तै छात्राबृद्धि तर्फ देवचुली कलेजकी विद्यार्थी मालती गौतमलाई २० हजार ५ सय रकम र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।