देवचुली
गण्डकी प्रदेशले अन्तरिक पर्यटन बर्ष २०१९ मनाईरहेको सन्दर्भमा र नेपाल सरकारको पर्यटन बर्ष २०२० को लक्ष्यलाई सहयोग पुर्याउन देवचुली जेसिजले पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा मध्यवर्ती क्षेत्र भित्र प्लास्टिकजन्य वस्तुको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ | देवचुली जेसिजका अध्यक्ष बसन्त पोखरेलको अध्यक्षता एवं नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो | कार्यक्रममा नेपाल जेसिज पुर्व उपाध्यक्ष बद्री सापकोटा,शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लिलाधर अधिकारी,शिसवार पर्यटन समितिका अध्यक्ष नेत्र बहादुर पाण्डे,दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी,छिमेकी जेसिजका सदस्य,सामुदायिक बनका अध्यक्ष एवम् सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो | सो कार्यक्रममा मध्यवर्ती भित्रका प्लास्टिकजन्य र अन्यकिसिमका फोहोर संकलन गरि सरसफाई गरिएको थियो | सरसफाई पश्चात् गरिएको औपचारिक छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले पर्यटनको बिकासको लागी सबैभन्दा पहिला स्थानीय स्तरबाटै पहल कदमी हुनुपर्ने बताउनुभयो | उहाँले हाल नेपालका अधिकांश पर्यटक सौराहा गैरहेको सन्दर्भमा नवलपुरमा पनि सौराहा भन्दा सहज तरिकाले आँफुले जंगली जनावर देख्न सकेको बताउनुभयो | एकैपटकमा यति धेरै जनावर एकैठाउँमा देखेको यो आफ्नो पहिलो अनुभव रहेको समेत उहाँले बताउनुभयो | कार्यक्रमको समापन गर्दै जेसिज अध्यक्ष पोखरेलले देवचुली र नवलपुरको पर्यटकीय क्षेत्रको पहिचान हरेक नवलपुरबासीको जिम्मेवारी भएकाले आँफुले पनि त्यही जिम्मेवारी पुरा गरेको बताउनुभयो |कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो | कार्यक्रमको संयोजन जेसी गणेश भुसालले गर्नुभएको थियो |
कसरी गर्ने त दिब्य मध्यवर्तीमा जंगल सफारी ?
नवलपुरको देवचुली नगरपालिका १ मा रहेको दिब्य मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न शाश्वत धाम नजिकै केउरेनी चोकबाट पुग्न सकिन्छ | केउरेनी चोकबाट करिव २ किमी दक्षिणमा रहेको मध्यवर्ती क्षेत्र पुग्न अटो तथा ई-रिक्सा सजिलै पाउन सकिन्छ | दिब्य मध्यवर्ती सामुदायिक बनको कार्यालयबाट निकुन्ज प्रवेश शुल्क तिरि जंगल सफारी गर्न सकिन्छ | जिप सफारी,हाती सफारी,जंगल वाक,मचान स्टे,चरा अवलोकन,पोखरीमा माछा मर्ने,नारायणी नदीमा डुंगा सयर आदि क्रियाकलाप गर्न सकिन्छ | निकुन्ज प्रवेशका लागी नेपालीलाई रु ५०/-,सार्क रास्ट्रका लागी रु १०० र अन्य देशका नागरिकलाई रु १५०/- तय गरिएको छ | जीप सफारीका लागी प्रति जीप रु ३५०/- र हात्ती सफारीका लागी प्रति हात्ती रु २५०/- तिर्नुपर्ने हुन् छ | यसैगरी आवासीय क्याम्पिंगका लागी रु २००/-,सार्क रु ३५०/- र अन्य देशका नागरिकले रु ५००/- तिर्नुपर्दछ भने पैदल यात्राका लागी नेपाली नागरिकले री ५०/-,सार्क राष्ट्रले रु १००/- र अन्य देशका नागरिकले रु १५०/- तिर्नु पर्ने हुन्छ | साथै पिकनिकका लागी प्रति समुह एक दिन रु ५००/- तिर्नु पर्दछ | दिब्य मध्यवर्तीमा जंगल सफारी गरी बास बस्न नजिकै देवचुली १७ मा रहेको पिप्रहर सामुदायिक होम स्टे पुग्न सकिन्छ भने पर्यटकका लागी शाश्वतधाम,देवचुली पदयात्रा,सामुदायिक प्राकृतिक चिकित्सालयको अध्ययन अवलोकन,थारु बोटे जतिको संस्कृति र सभ्यता सँग साक्षातकार,क्रितिपुरमा मगर कौरा नृत्य जस्ता कुराहरु पनि देवचुलीमा थप आकर्षणका केन्द्रबिन्दु बन्न सक्दछन |