देवचुली,
हुुकुम सुवेदी
अध्यक्ष, कृषि उपज केन्द्र दलदले
समग्रमा तिहार राम्रै भयो । दलदलेमा रहेको कृषि उपज केन्द्रमा पनि व्यापार राम्रो भयो । चाड्पर्वमा तरकारीहरु निकै महत्व भएकाले पनि गा्हकहरुको चित्त बुझाउन सकियो र मेरो तिहार राम्रो भयो एक मात्र बहिनी चितवन माणिबाट बहिनी आएर टिका लगाईदिन राम्रो भयो । म आफु त भैलो खेलदिन तर अरुले खेलेको मन पर्छ ।
कृष्ण कुवर
प्रोपाईटर, न्यू कृष्ण ग्रिल उद्योग
यसपालि तिहारमा टिका थिएन त्यसैले रमाईलो भएन् । टिका भएको भए दिदीबहिनीहरु सँग रमाईलो हुन्थ्यो होला टिका नभए पछि रमाईलो पनि भएन ।
चोक नारायण भुसाल
भगवती होम डेकोर दलदले
व्यवसायिक हिसावले हेर्दा पोहोर परार जस्तो यसपालि बजारमा चहलपहल घटेको थियो। व्यापार ठिकै भयो पहिलेपहिले जस्तो राम्रो भएन । अनि तिहार ठिकै भयो बहिनीको हातबाट टिका लगाईयो । देउसीभैलो आफु नखेले पनि अरुले खेलेको हेरेर रमाईलो गरियो ।
गोविन्द पाठक
प्रोपाईटर, भैरव पूजा भण्डर
नेपालीहरुको महान पर्व तिहारमा सबै खुसी हुनुपर्छ । म पनि खुसीका साथ दिदीको हातबाट टिका ग्रहण गरे । दिदीबहिनी त ४ जना तर टाढा भएका कारणले १ जनाको हातबाट मात्र टिका लगाए । राम्रै भयो तिहार । व्यवसायीको हिसाबले पूजा भण्डार भएकाले राम्रै सेवा प्रदान गर्न सफल भयौँ ।
तिल प्रसाद पाठक
प्रोपाईटर,मनकामना क्रसर उधोग
तिहार राम्रो भयो । यसपालि म चितवनको माणीमा गएर ३ वटा दिदीबहिनीको हातबाट टिका ग्रहण गरे । रमाईलो भयो मिठामिठा खानेकुरा खाई दिदीबहिनीहरु आफ्न्तहरु सँग समय बिताईयो ।
कमल नारायण श्रेष्ठ
प्रोपाईटर, हाम्रो औषधी पसल एण्ड भविष्य पोलिक्नििक्स
सेवामुलक व्यवसायी भएका कारणले गर्दा सम्रगमा तिहार ठिकै भयो । इमेरजेन्सी बिरामी आईरहने भएकाले टिका पनि हतारहतारमा लगायौँ । तिहार त्यती रमाईलो भएन ।
अपिल जोसी
प्रोपाईटर, अपिल मोबाईल सेन्टर, दलदले
समग्रमा तिहार राम्रो भयो । चितवनमा फूपु दिदी हुनुहुन्थो, उहाँको हातबाट टिका ग्रहण गरे । देउसीभैलो यसपालि खेलीएन । व्यापार व्यवसाय राम्रो भयो ।