देवचुली,
ताईवनमा आयोजित एसियन गल्र्स क्याम्पेन समारोहमा सामुदायिक विकास अवार्ड नेपालकी छोरी आशा वि.क सम्मानित भएकी थिईन । उनी जागृती बाल क्लबकी अध्यक्ष साथै जागृती बाल तथा युवा सरोकार नेपालको कार्यक्रम किशोरी सशक्तीकरणकी एक किशोरी अभियान्ता समेत हुन् ।
शनिबार दलदले साहारा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि जागृती बाल तथा युवा सरोकार नेपालले वि.कलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै वि।कले आफ्नो बाल्यकाल साथै ग्रामीण नेपालदेखि ताईवनको अवार्ड सम्मको कार्य, चुनौती र उपलब्धीहरुको बारेमा प्रस्तुत गरेकी थिईन । यस्तै छोराको आसामा जन्मीएकी एक किशोरी म, मेरो नाम पनि आशा नै राखीयो । सुरु सुरुमा बालक अथवा छोरोका गेटअपमा राख्ने मेरो अभिभावकले म पछि पनि भाई पाउनुभयो तर पनि मेरो मनमा र मेरो गेटअपमा छोराको जस्तो नै सोचको विकास भयो उन्ले बताएकी थिइन । किशोरीहरु आफु हरेक क्षेत्रमा हार नमानी अगाडी बढे एक दिन पक्कै सफल हुने बताएकी थिइन ।
कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीको प्रमुख आथ्तियता रहेको थियो भने सक्छिन छोरीकी चिनमाया सारुको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएको तिवारीले अझै पनि कतिपय ठाँउमा किशोरीहरुलाई हेर्ने दृष्टिीकोण फरक छ तर किशोरीहरुले आफु अगाडी बढ्ने हो भने कुनै कुरा पनि असम्भव नभएको बताउनुभएको थियो । नेपालको गण्डकी प्रदेशबाट छनोट भई अवार्ड हासिल गर्नुमा एउटा गर्वको कुरा रहेको बताउदैँ आगामी दिनमा किशोरीहरुको क्षेत्रमा नगरपालिकाको तर्फबाट सहयोग रहने बताउनुभएको थियो ।
कार्यक्रममा आशालाई जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकासकुमार केसीले सम्मान–पत्र तथा दोसल्लाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा क्लवका सल्लाहकार खिमानन्द भुसाल, होमनाथ जैसी, ललितबहादुर बोहोरा, मैना श्रेष्ठ, देबचुली नगर कार्यपालिका सदस्य नवकुमारी शर्मा, माया सुबेदी, सुबोचन्द्र सुबेदी, महासचिव दीपक शर्मा लगायतको सहभागिता रहेको थियो । यस्तै, कार्यक्रममा मासिक रुपमा सञ्चालन भएको कार्यक्रमको प्रतिवेदन माथी छलफल तथा समुहको मासिक बैठक समेत सम्पन्न भएको थियो ।