देवचुली,
आभानी मिडियाद्धारा संचालित १०३.८ ह्याप्पी एफ.एमको ५ औँ वार्षिेक उत्सवको अवसरमा भिजिट देवचुली पर्यटन उत्सव २०७६ कार्यक्रमको आयोजना गर्दै छ । गण्डकी प्रदेशको आन्तरिक पर्यटन उत्सव २०१९ लाई सफल बनाउदैँ भिजिट नेपाल २०२० सफल बनाउनको लागि कार्यक्रम गरिदै छ ।
मंसिर ५ गते देखि मंसिर १५ गते सम्म गर्ने भएकाले सो कार्यक्रमको प्रचार प्रसारको तिव्रता दिदैँ नवलपुरको गैडाकोट देखि चोरमाराका स्थानमा होडिङ्ग बोर्ड ,ब्यानर , पम्पलेट कार्ड र स्टयाचु डमी राखिएको छ । यस्तै मगर ड्रेसमा सजिएको स्टयाचु डमी भित्री सडकमा पनि राखिएको ह्याप्पी एफ.एमका प्रबन्धक निर्देशक दिपेश कडरियाले बताउनुभयो ।
गण्डकी प्रदेशकै पहिलो सेल्फ अपरेटिङ्ग रेडियो १०३.८ ह्याप्पी एफ.एमले नवलपुरको देवचुली १३ दलदले साहारा पार्टी प्यालेस नजिकै उत्सव गर्ने भएको छ ।
यस्तै भिजिट देवचुली पर्यटन उत्सवमा २० फुट लम्बाई, १५ फुट उचाई को कलात्मक देवचुली डाँडा, पशुपती मन्दिर, लुम्बिनी र मुक्तिनाथ मन्दिरको प्रतिमा रहने छ भने २० फुट लामो गुफाको बाटो हुदैँ भिजिट देवचुलीको अवलोकन गर्ने, भिजिट गण्डकी पर्यटन प्रबर्दन कार्यक्रम, पन्चे बाजा प्रतियोगिता, ठेलो फाल्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, शंख फुक्ने प्रतियोगिता, पत्रकार बिच चिया खाने प्रतियोगिता, १०० ब्यापारिक स्टल, बाल उधान, रमाईलो मेला, कृषि उपज प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती जस्ता विभिन्न कार्यक्रमको आयोजना गरिएको कडरियाले बताउनुभयो ।