देवचुली,
देवचुली नगरपालिका वडा नं १६ मा रहेको अमर बोर्डिङ्ग स्कुलमा तिहार बिशेष कार्यक्रम बिहिबार सम्पन्न भएको छ । जागृती बाल तथा युवा सरोकार नेपाल र कन्नालन द्धारा संचालन भईरहेको कार्यक्रम बालिका सशक्तिकरण र सक्छिन छोरीका किशोरी अभियान्ताहरु द्धारा विधालयमा तिहार बिशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा विधालयका विधार्थीहरुले नजिकै आउदैँ गरेको दिपावली अर्थात तिहारको शुभकामना दिदैँ देउसीभैलो कार्यक्रम गरि सम्पूर्णलाई भरपूर्ण मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा देवचुली नगरपालिका वडा नं १६ का वडा अध्यक्ष केशर बहादुर क्षेत्री रहनुभएको थियो भने अध्यक्षतामा विधालयकी बाल क्लबकी अध्यक्ष आशुतोष शर्माले गर्नुभएको थियो । यस्तै बिशेष अतिथीका रुपमा बाल मैत्री परामर्शादाता खिमानन्द भुसाल, नारायण पौडेल, रजहर बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थापा, जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, कार्यक्रम अधिकृत सविता पंगेनी ,लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका क्षेत्रीले देवचुली नगरपालिका बालमैत्री नगरपालिका घोषणा भईसकेकाले बालबालिकाले नपढे पनि शिक्षकशिक्षिकाले पिट्नु हुदैँन भन्ने सोच आउन सक्ने भएकाले यस किसिमका सोच नराख्नको लागि आग्रह गर्दै बालबालिकाले आफ्नो कर्तव्यको पालन गर्न आवश्यक रहेको बताउदैँ बेला बेलामा बालबालिकालाई सांस्कृतिक कार्यक्रमको आवश्यकता रहेकाले कार्यक्रमबाट बालबालिकाले धेरै कुरा सिक्न पाउने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै बाल मैत्री पराामर्शदाता खिमानन्द भुसालले अमर बोडिङ्ग विधालय यस क्षेत्रकै गुण्स्तर शिक्षा प्रदान गर्ने विधालय रहेको बताउदैँ बालबालिकाको भविष्यका लागि सधैब लागि पर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विधालयका स साना बालबालिकाले विधालयको बारेमा बयन गर्दै देउसीभैलोको गीत गएर उपस्थित सम्पूर्णलाई मनोरञ्जन दिएका थिए । कार्यक्रमको सहजीकरण किशोरी अभियान्ता प्रिती भुसाल, प्रिया पुन मगर, विद्या ढुङ्गना, सपना पौडेलले गर्नुभएको थियो ।