देवचुली,
विधार्थीको जिवनमा नैतिक शिक्षा जरुरी भएकाले आफ्नो जिम्मेवारीलाई इमान्दारीका साथ निभाउनुपर्ने र विधालयबाट मात्र नभई आफ्नो अभिभावकहरुबाट पनि नैतिक शिक्षा सिक्नुुपर्ने कुरा निकै नै महत्वपूर्ण रहेको संघीय सांसद एवं नेपाली काग्रेसका महामंन्त्री डा। शशांक कोईरालाले बताउनुभयो । सोमबार देवचुली नगरपालिका वडा नं १५ मा रहेको जनज्योती माध्यमिक विधालयको २ तलाको १० कोठे भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा। कोईरालाले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले यस क्षेत्रमा राम्रो पुस्तकालय नभएकाले अबको दिनमा एउटा राम्रो पुस्तकालय निर्माण गर्नको लागि आफ्नो सहयोग रहने बताउदै यस क्षेत्रको लागि ट्रमा सेन्टर निर्माण गर्ने, अन्तराष्ट्रिय रंड्डसाला, बैकल्पिक मार्ग निर्माण गर्ने आफ्नो ३ वटा सपना रहेको र त्यो सपना एक दिन पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
त्यस्तै विशिष्ट अतिथी गण्डकी प्रदेश सांसद रोशन बहादुर गाहाले २ कोठे भवनको उद्घाटन गर्दै गाहाले आफु विधालयको भुपु विधार्थी भएकाले पनि विधालयका क्षेत्रमा गर्नुपर्ने सहयोग सदैब गर्ने बताउदै विधालयको उत्तरप्रगतिको कामना गर्नुभएको थियो ।
विधालमा निर्माण गरिएको स्टेज कुमारी बैँक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गिरीले विधालयको भौतिक पुर्वधारका लागि बैँकले सानो सहयोग गरेको र अहिलेको युगमा शिक्षा अति नै आवश्यक रहेकाले बालबालिकाको शिक्षाको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
यस्तै कार्यक्रममा विधालय परिसरमा बिरुवा रोपेर हराभरा विधालय वातावरणको उद्घाटन देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा विधालयका संस्थापक स्वर्गीय रामबहादुर शाहीको शालिक र आधुनिक शुद्ध खानेपानीको टयाङकी समेत निर्माण गर्ने घोषणा गरिएको थियो भने सोही समारोहमा विधालयका शिक्षक प्रकाश भण्डारी र ताईवनबाट समुदायमा किशोरीको क्षेत्रमा उल्लेख्य योगदान गरेकोमा अवार्ड हासिल गरेकी आशा वि।क लाई विधालयबाट सम्मान गरिएको थियो । भवन समुदघाटन सत्रमा देवचुली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठ, उपप्रमुख पार्वता तिवारी, प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसाल, जन्ज्योती आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष डा। मोहनीलाल भुसाल, विधालयका प्रध्यानध्यापक मिन बहादुर दाहाल लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
यस्तै कार्यक्रमको अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रितम भुजेलले गर्नुभएको थियो ।