देवचुली, माधब सुबेदी
देवचुली वडा नं १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीको अध्यक्ष्यता सुरु भएको कार्यक्रममा वडा नं १३ का वडा सदस्य ओम नारायण महतो, सदस्य सुवोचन्द्र सुबेदी, वडा सदस्य जग बहादुर बोटे, देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, दलदले बजार ब्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने, उद्योग बाणिज्य संघ, देवचुली टोल सुधार समिति, बजार अनुगमन समिति, गणेश मन्दिर टोल सुधार समिति र लेक बेसी यातायात समिति लयाएत बिभिन्न संस्थाहरुको उपस्थिती रहेको थियो ।
कार्तिक २ गते बसेको बैठकले ५ निर्णय पास गरेको छ भने पूर्वमा रहेको बौलाहा खोलाको पुलबाट पश्चिम तर्फ साहारा चोक सम्मको लागि पाचँ नियम कार्तिक ३ गतेबाट लागु हुने भएको छ । जसमध्ये सवारीसाधन पार्किङ्गमा आफनो बजार क्षेत्रको घर वा पसल अगाडी र सडकमा सवारीसाधन पार्किङ्ग गर्न नपाउने, बस,जिप,अटो, म्याजिक लगाएतका सवारीसाधनहरु अनिवार्य रुपमा बसपार्कमा लैजाने, दलदले चोकमा यात्रु चढाउन र ओराल्न मात्र रोक्न सकिने, सवारीसाधनहरुमा म्याजिक एक, अटो दुई गरि पालैपालो जाने र यात्रु बोक्ने, त्यस्तै ग्राहकहरुको सवारीसाधन पालैपालो बार अनुसार सडकको दायाँबायाँ मिलाएर पार्किङ्ग गर्नुपर्ने भएको छ ।
सरसफाई सबैको घर वा पसलहरुको अगाडी निलो फोहोर फाल्ने बाल्टिनमा कुहिने फोहोर फाल्ने, नकुहिने फोहोर रातो बाल्टिनमा राख्नुपर्ने र पसलहरु अगाडी भएको नालिमा फोहोर नफाल्ने, बिद्यालय अगाडी रहेका व्यवसायीहरुले सुर्तिजन्य पदार्थ, मादक पदार्थ लगाएतका स्वास्थ्यलाई हानि गर्ने बस्तुहरु बिक्रि बितरण गर्ने नपाईने साथै घर निर्माण्मा सम्बन्धी सामानहरु जस्तै ढुड्डा, माटो, बालुवा, गिट्ट, छड सिमेन्ट लगाएता बस्तुहरु सडकको छेउ छाउमा राख्न नपाईने भएको छ ।
बजार ब्यवस्थित बनाउनको लागि म्याद सकिएका अखाद्य वस्तु वा पदार्थहरु खरिद बिक्रि गर्ने नपाईने, माछा,मासु खुल्ला रुपमा बिक्रि गर्ने नपाईने ,पसलको सटर भन्दा बाहिर सामान राख्न नपाईने, सडक छेउछाउमा भएको ठेलाहरु खुल्ला रुपमा सामान बिक्रि गर्ने नपाईने र नियमानुसार दर्ता, नविकरण गरेर मात्र ब्यापार व्यबसाय गर्नेपाउने भएको छ ।
नक्सा पास गरेर मात्र घर निर्माण गर्ने जस्मा नगरपालिकामा सुचिकृत तालिम प्राप्त ठेकदार संग सम्झौता गरेर, भुकम्प प्रतिरोधित निर्माण र भवन मापदण्ड र संहिता पालना गर्नुपर्न भएको हो ।
सुन्दर सहर निर्माण गर्नेको लागि आफनो घर वरपर करेसाबारी बनाउने र जग्गा नहुने ब्यक्तिहरुले बरण्डा वा छतमा फुलहरु रोपि सहरलाई सुन्दरीकरण गर्ने जस्ता पाचँ नियमको सबै नागरिकहरुले पालना गरेमा मात्र दलदले बजारलाई सफा,हरियाली युक्त र व्यवस्थित बनाउन सकिन्छ ।