देवचुली ,
देवचुली नगरपालिका दलदलेमा रहेको आभानी मिडियाद्धारा संचालित १०३.८ ह्याप्पी एफ.एमले ५ औँ वार्षिकोत्सवको अवसरमा भिजिट देवचुली पर्यटन उत्सव २०७६ कार्यक्रम गर्ने भएको छ । एफ.एमले शुक्रबार अन्र्तक्रिया गरि कार्यक्रमका संयोजकहरुलाई निमन्त्रण गरि कार्यक्रमको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमको जानकारी गराउदैँ एफ.एमका प्रबन्धक निर्देशक दिपेश कडरियाले कार्तिेक १ देखि ९ गते सम्म उत्सव गर्ने भनिएता पनि रेडियोको केही प्रविधिक कारणले गर्दा मंसिर ५ गते देखि १५ गते सम्म हुने भएकोे छ ।
गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउदैँ भिजिट नेपाल २०२० सफल बनाउनको लागि एफ।एमले भिजिट देवचुली पर्यटन उत्सव २०७६ आयोजना गरिएको कडरियाले जानकारी दिनुभयो । यस्तै भिजिट देवचुली पर्यटन उत्सवमा २० फुट लम्बाई, १५ फुट उचाई को कलात्मक देवचुली डाँडा, पशुपती मन्दिर, लुम्बिनी र मुक्तिनाथ मन्दिरको प्रतिमा रहने छ भने २० फुट लामो गुफाको बाटो हुदैँ भिजिट देवचुलीको अवलोकन गर्ने, भिजिट गण्डकी पर्यटन प्रबर्दन कार्यक्रम, पन्चे बाजा प्रतियोगिता, ठेलो फाल्ने प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, शंख फुक्ने प्रतियोगिता, पत्रकार बिच चिया खाने प्रतियोगिता, १०० ब्यापारिक स्टल, बाल उधान, रमाईलो मेला, कृषि उपज प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुती जस्ता विभिन्न कार्यक्रमको आयोजना गरिएको कडरियाले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसालले एफ.एमले संचालन गर्ने लागेको भिजिट देवचुली पर्यटन उत्सव २०७६ कार्यक्रमले मुख्य देवचुली नगरपालिकाको पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनमा टेवा पुराउने विश्वास गर्दै खानेपानी तथा सरसफाई संस्थाबाट निशुल्क शुद्ध खानेपानीको व्यवस्थापन गरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पर्यटकीय क्षेत्रमा कृषि प्रवर्दन जोडिने भएकाले कृषि प्रदर्शनलाई देवचुली नगरपालिका भित्र भएका विभिन्न घरेलु उत्पादनलाई प्राथामिकता दिई प्रदर्शन गर्न सहयोग पुरााउने देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले बताउनुभयो ।
यस्तै कार्यक्रमलाई थप आकर्षण बनाउनको लागि यही कार्तिक ८ गते देखि देवचुली दौड, पबिलक स्पीकर, स्लो बाइक रेस, स्लो स्कुटी रेस, स्लो साईकल रेस, ब्याडमिन्टन प्रतियोगिता, फुटबल प्रतियोगिता, आन्तरिक पर्यटन प्रवर्दन, थारु कल्चर सो, मगर कल्चर सो, नेवार कल्चर सो, बोटेमाझी कल्चर सो जस्ता कार्यक्रम गर्ने भएको छ ।
यस्तै भिजिट देवचुली पर्यटन उत्सव प्रभावकारी बनाउनको लागि २९ वटा उपसमिति गठन गरिएको छ । कार्यक्रम आभानी मिडिया प्रा।लिका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षता भएको थियो । कार्यक्रममा बोल्दै कडरियाले विगतका बर्षहरुमा पनि एफ।एमले देवचुली नगरपालिकाको संरक्षकको रुपमा कार्यक्रम गर्दै आएको र यस बर्ष पनि एउटा पृथक कार्यक्रम आयोजना गर्न लागिपरेकाले सम्पूर्णको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो ।
कार्यक्रम मंसिर ५ गते देखि १५ गते सम्म ह्याप्पी एफ.एम पछाडी साहारा पार्टी प्यालेस सँगै संचालन हुनेछ ।माधब सुबेदी