सुरक्षित र पर्याप्त पानीको पहुँच, घरघरमा धारा : व्यवस्थित र समृद्ध आयोजना, हाम्रो अभिभारा भन्ने मुल मन्त्रका साथ प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २२ औँ वार्षिक साधारण सभा मनाएको छ । बिहिबार देवचुली नगरपालिकाको सभाहलमा आर्थिक वर्ष २०७५/०७६ को कार्य सम्पादन तथा आर्थिक प्रतिवेदन एंव चालु आर्थिक वर्ष २०७६/०७७ को प्रस्तावित वार्षिक कार्ययोजना र आय ब्यय बिवरण तथा प्रगति प्रतिवेदन गरिएको हो ।
साधारण साभामा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसालले भावी योजना र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष भुसालले नेपाल राष्ट्र्र नै खुल्ला दिसामुतm घोषणा गर्न सफल नेपालको पहिलो खानेपानी उपभोक्ता समितिको सुचीमा समावेश भै सम्मानित भएको र यही गौरवपूर्ण इतिहासको जगमा संस्थाले सरसफाई अभियानहरु संचालन गर्ने, फोहोर संकलन गर्ने भाडा वितरण गर्ने तथा गरीब विपन्न परिवारलाई शौचालय सुधार गर्ने जस्ता कामहरु पनि गरेको, देवचुली नगरपालिकाको वडा नं १० देखि १५ सम्म पूर्ण रुपमा तथा ७ र ९ को आशिक क्षेत्रमा खानेपानीको उपलब्धता गराउन करिब ६ हजार घरधुरी र ३० हजार जनसंख्यालाई सेवा पु¥याउने लक्ष्य लिइएको साथै एक वर्षको अवधिमा संस्थाले १६,४९१ मिटर पाइप लाइन विस्तर गरेको, आर्थिक वर्ष ०७५।०७६ मा ३४५ धारा विवरण गरिएको, खानेपानीलाई सहयोग गर्ने ३५ जना अग्रजहरुलाई सम्मान गरिएको, बालमैत्री घोषणा कार्यक्रममा अस्थायी धारा उपलब्ध गराई सहयोग गरिएको, बिशेष परिस्थित बाहेक पानीको वितरण २४ सैँ घण्टा सूचारु गरिएको, कर्मचारीहरुको दुर्घटना बिमालाई निरन्तरता दिईएको, साथै प्रगतिनगर खानीपानी संस्थाले गत बर्षमा सञ्चालन गरेका ६६ वटा कार्य प्रगतिको प्रतिबेदन सार्वजनिक गर्दै संस्थाले भावी कार्ययोजनामा ७१ वटा सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । जसमा पानीको मुहान, बाटोहरु सुधार तथा पिच, प्रत्येक घरधुरीमा खानेपानी देखि फोहोरमैलाको उचित र स्थायी व्यवस्थापन, नगरपालिकाको मापदण्ड पुरा नगरी घरहरु निर्माण गर्नुपर्ने जस्ता योजना रहेको बताईएको छ ।
प्रगतिनगर खानीपानी तथा सरसफाई उपभोक्ता विश्व स्वास्थ्य संगठनले तय गरेका सुचक र मापदण्ड पुरा गरी सुरक्षित पानी र प्रभावकारी सेवा सहित नमूना खानेपानी योजना निर्माण गर्ने लक्ष्य रहेको समेत जानकारी गराउनुभएको थियो । अबको दिनमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई नेपालको नमुना खानेपानी बनाउने लक्ष्य रहेको र यसलाई पुरा गर्ने सम्पुर्णलाई सहयोग गर्न अनुरोध समेत गर्नुभएको थियो ।
साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समिति कोषाध्यक्ष बिना बराल मगरले खानेपानी संस्थाले आर्थिक वर्ष २०७५र०७६ मा २ करोड ३९ लाख ४३ हजार ४ सय ४० रुपैया २४ पैसा आम्दानी गरेको बताउनुभयो । त्यस्तै गत आर्थिक वर्षमा खर्च भने १ करोड ६४ लाख ४५ हजार १ सय रुपैया ५८ पैसा भएको उल्लेख गरीएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागी भने ६ करोड ३२ लाख रुपैया अनुमानित बजेट प्रस्तुत गरीएको छ ।
यस्तै कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्तयता रहेको थियो भने अध्यक्षता प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुसालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले दिप प्रज्जवलन गरि कार्यक्रमको समुदघाटन गर्नुभएको थियो भने कार्यक्रममा अतिथीका रुपमा देवचुली नगरपालिका नगर उपप्रमुख पार्वता तिवारी, पम्रुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, राजनीतिक दलका प्रमुख एंवम प्रतिनिधीहरु, वडा अध्यक्ष, वडा सदस्य, जनप्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव इन्द्रकमणी भुसालले गर्नुभएको थियो ।