देवचुली,
देवचुली नगरपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम बजार व्यवस्थापन समितिको हलमा सम्पन्न भएको छ । कार्यक्रममा देवचुलीमा रहेको मुख्य बजार दलदलेलाई कसरी स्मार्ट बनाउने बिषयमा छलफल गरिएको थियो । बुधबार एक कार्यक्रमको आयोजना गरि स्थानीय सरोकारवालाहरु सँग देवचुली नगरपालिकाको मुख्य द्धारमा रहेको दलदले बजारलाई स्मार्ट सिटिको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने बिषयमा अन्र्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा सरोकारवालाहरुले पहिले त बजार व्यवस्थापन, पार्किङ्, ट्राफिक व्यवस्थापन, भवन निर्माण मापदण्ड तथा संहिता , सफा र स्वच्छ बजार निर्माण गर्नुपर्नेमा जोड दिईएका थिए ।
यस्तै दलदले बजारलाई स्मार्ट बनाउनको लागि समाजमा भएका विसङ्गतीलाई हटाउनुपर्ने जस्तै फोहोर व्यवस्थापन , सडक छेउका नालि निर्माण, पसलमा मुल्य सुचि, यातायातमा निश्चित भाडा दर, पारकिङ स्थल निर्माण गर्न स्थानियले जोड दिईएका थिए । गतिलो पारकिंग स्थल नहुदाँ पनि धेरै घटनाहरु हुने गरेको सरोकारवालाहरुको भनाईछ ।
कार्यक्रममा फोहोर व्यवस्थापनलाई व्यवस्था गर्न सके र हार्ट बजारलाई दिर्घकालिन ब्यवस्थापन गर्ने, नगरभित्र रहेका उद्योग ब्यवसायलाई नियमन गर्न तथा उपभोत्ता संरक्षण ऐनमा ध्यान दिन सकेमा देवचुली नगरपालिकालाई एउटा नमुना नगरपालिकाको रुपमा देख्न सकिने उपस्थित बक्ताहरुले बताएका थिए ।
स्मार्ट सिटिको रुपमा छिटै दलदले बजारलाई देख्न चाहेको कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बताएका थिए । यस्तै आफुहरुले हरेक कुरामा साथ र सहयोग दिने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । देवचुली नगरपालिका प्रमुख पुर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको अन्र्तकृया कार्यक्रममा उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसाल, विभिन्न वडाका वडा प्रमुख, सुरक्षा निकाय, बजार ब्यवस्थापन समिती, देवचुली उद्योग वाणिज्य, आमा समुह, युवा क्लव, टोल सुधार समिती, अटो ब्यवसाय समती लगाएतको सहभागिता रहेको थियो ।