देवचुली,
विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो नयाँ शाखा दलदलेमा औपचारिक रुपमा उद्घाटन गरेको छ । संस्थाले शनिबार विशेष समारोह आयोजना गरि उद्घाटन गरेको छ । संस्थाले असोज ५ गते देखि सेवा प्रवाह गरे पनि औपचारिक रुपमा समुद्घाटन भने आज शनिबार गरेको छ । विकू बचत तथा ऋण सहकारी संस्थाको यो १३ औँ शाखाको रुपमा देवचुली १३ दलदले बजारमा स्थापना गरेको हो ।
विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा गरिएको कार्यक्रममा रजिष्ट्रार, नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग डा टोकराज पाण्डको प्रमुख आतिथ्तयता रहेको थियो । समुद्घाटन कार्यक्रममा बोल्दै आजका दिनहरुमा सहकारीहरु पस्टाउँदै गईरहेको छन् र यो समयमा सहकारीले सेयर सदस्यलाई खुसी राख्न सक्नुपर्ने र विकूले अन्य सहकारीलाई एकीकरण गरि अगाडि बढ्नुपर्ने बताउनुभयो । यो सँगै अबको दिनमा सहकारीको अभियान भनेको बिशेषत सदस्यको सन्तुष्ट हेर्ने सहकारी विभागले अनुगमन गर्दा सहकारीका सेयर सदस्य कतिको खुसी छन् भन्ने कुरामा ख्याल गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा कावसोती सेवा केन्द्र दिलमाया श्रेष्ठ, म्यानेजर्स क्लब कास्की मिलन ढकाल, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोतmा समितिका अध्यक्ष खिमानन्द भुसाल, रोयल साकोस प्रबन्धक प्रदिपराज घिमिरे, दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने, जिल्ला बचत संघका माधव प्रसाद गौतम, नेफस्कून संचालन सदस्य भरतप्रसाद गौतम, गैडाकोट नगरपालिका उपप्रमुख विष्णु कुमारी कंडेल, नेफस्कून पूर्व संचालक ईन्द्र ज्योति पौडेल, देवचुली नगरपालिका विभिन्न वडाका वडा अध्यक्षको बिशेष अतिथीका रुपमा उपस्थिती रहेको थियो ।
यस्तै शुभकामना मन्तव्य दिलमाया श्रेष्ठ, मिलन ढकाल, खिमानन्द भुसाल, प्रदिपराज घिमिरे, अध्यक्ष तेज प्रसाद न्यौपानेले विकू बचत तथा ऋण सहकारी संस्था दलदलेमा सेवा प्रवाह गर्दा खुसी लागेको साथै अब यस क्षेत्रमा सहकारी अभियानले थप तिव्रता पाउने र रोजगारीका अवसरहरु सृजना हुने बताउदैँ विकू सेवा केन्द्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यस्तै कार्यक्रमको समापनमा बोल्दै विकू बचत ऋण सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद सापकोटाले करिब ६० हजार शेयर सदस्य भएका यस सहकारीको ४० करोड शेयर पूजी पुगिसकेको र करिब ४ अर्ब ३० करोडको कुल पूँजी संकलन भएको र अबको दिनमा सकारात्मक सोचका साथ अगाडि बढ्ने र यस नयाँ शाखाले सेवाग्राहीलाई राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस्तै कार्यक्रमको सहजीकरण विकू बचत तथा ऋण सहकारी संस्थाका सचिव गोविन्द रिमालले गर्नुभएको थियो ।