देवचुली,माधब सुबेदी
दशै सकियता पनि पूर्णिमा भन्दा अगाडि शाश्वत धाममा अत्याधिक धुम्न आउने मानिसको संख्या उत्तिकै भिड रहेको छ । देवचुली ३ दुम्कौलीमा रहेको शाश्वत धाम धार्मिक केन्द्रको रुपमा मात्र नभई नेपालको पर्यटकिय गन्तब्य बिकासकाे समेत बन्दै गएको छ । यसका साथै काञ्ची कामाकोटी पीठ, कामक्षदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, आर्ट अफ लिभिङ लगायतका धार्मिक संघ संस्थासँग समन्वय गरी नेपालमा सनातन धर्म संस्कृतिको जगेर्ना, संरक्षण र जागरणका लागि शाश्वत धामले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यसलाई विश्वका हिन्दुहरुको गन्तब्यस्थलको रुपमा निमार्ण गरिएको छ भने शाश्वत धाम सर्वोतिर्थ सरोवरका रुपमा समेत रहेको छ । उद्योग पति बिनोद चौधरीको परिकल्पनामा वि.स. २०६० तिर बाट निर्माण गरिएको धाम १४ बर्षमा पुनरनिर्माण सम्पन्न भएको थियो । यस धाम ७ बिघा क्षेत्रफलमा फैलिएको शाश्वत धाममा गुरुकुल पनि रहेको छ ।यसै सन्धरर्भमा धुम्न आउने सर्बसाधरण यसो भन्छन् गैडाकोट निवासी लक्ष्मी श्रेष्ठले यस ठाउमा आएपछि रमाईलो र मनोरञ्जनको लागि मात्र नभई अरु धार्मीक स्थल भन्दा राम्रो र सबै देवताका मुर्तिहरु रमेत रहेको बताउनुभयो त्यस्तै दमौली निवासी गोपाल उपाध्यायले ‘यो मेरो जीवनकै विर्सिन नसक्ने क्षण बनेको छ’ उनले बताए ।,
‘शाश्वत धामको महत्व सुनेको थिएँ। आज यस भगवानको मन्दिरमा भएको बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय, चारैतिर हरियाली र पानीको फोहोरा, एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग एकम्बरेश्वर मन्दिरसँगै रहेका पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरुले मेरो मन छोएको बताए । मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुंकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ । धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्दछन् ।