९ जेठ, काठमाडौं
आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको बिहीबार मृत्यु भएको छ।ताप्लेजुङहाङपाङका-२ का ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए ।राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ ।राई केही तनावमा भएको बताइए पनि पुलबाट हाम फाल्नुको कारण नखुलेको प्रहरीले बताको छ । शवको पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।राई अहिले कोटेश्वरमा रहेको आफ्नै घरमा बस्दै आएका थिए ।