देवचुली,माधब सुबेदी
पदम बराल
प्रध्यानाध्यापक—अमर ईङ्गलिस स्कुल रजहर
अघिल्लो बर्ष भन्दा यो बर्ष रमाईलो भएको छ । भाई बुहारीहरु आएका थिए र सबै भान्जा भान्जीहरुलाई टिका ग्रहण गरी रमाईलो संग दशै मनाईयो ।
तुलसी गौतम
प्रध्यानाध्यापक—ग्यालेक्सी ईङ्गलिस बोर्डिङ् स्कुल
म टिका लगाउने र लगाईदिनेमा नै बेस्त रहेको थिए । बिशेष गरेर आमाहरु, दाजुहरुको हातबाट टिका लगाउन ब्यस्त रहेको थिए भने सबैको हातबाट टिका ग्रहण गरेपछि ज्वाई चेलाहरु पनि आउनुभयो टिका लगाईदिए र शसुराली, मामाघर सबै ईस्टमित्र आफन्तहरु संग टिका लागाउदै रमाईलोको साथ खानपिनमा पनि नेपालीहरुको खाना भनेकै माछा,मासु, फलफुल खाएर दशै मनाएका थियौँ ।
धनमाया कडरिया
प्रध्यानाध्यापक—मनकामना माध्यामीक बिद्यालय
यसपालीको दशै नरमाईलो भयो । मेरो जेठो दाई स्वर्गे हुनुभएकोले यसपाली त्यति रमाईलो भएन र माछा,मासु केई पनि खाईएन रमाईलो खासै रमाईलो भएन ।
ऋषी धिताल
प्रध्यानाध्यापक—मुनलाईट आदर्श पब्लिक एकेडेमी
हाम्रो दशै भनेको घर परिवार र आफन्तहरु संग बसेर टिका ग्रहण गरि मिठो मसिनो सानेकुराहरु खाएर सबै मिली पिड्ड खेलेर रमाईलोकाते साथ मनाईएको थियो । आमा बुबाहरुको हातबाट टिका ग्रहण गरि माछा ,मासु खाएपछि परिवार संग सौराह धुम्नको लागि गईयो र सबैजना संग भेटघाट गरियो रमाईलो भयो दशै ।
सिता देबी पौडेल
शिक्षक—कालिका माध्यामीक बिध्यालय
मेरो दशै भनेको परिवारमा पारिवारीक जमधट भएको थियो। स्टमित्र र बुबाआमाको हातबाट टिका लगाईयो त्यसपछि भान्जा भान्जीहरु ,अमाजु दिदीहरु आउनुभयो र हामी सबैजना स्टमित्रकहाँ गएर टिका र आर्शिरबाद ग्रहण गरिएको थियौ । सानो परिवार ठुलो भयो त्येसपछि सबैजना मिलिजुली सेलरोटि, फिनी जस्ता खानेकुराहरु खाएपछि जाचगान गरि मनाईयो ।
राजु श्रेष्ठ
प्रध्यानाध्यापक—नेक्सस मन्टेश्वरी स्कुल
दशैको दिनमा नयाँ कपडाहरु लगाइयो । सबै स्टमित्र, आफन्तजन र आमा,बुबाहरुबाट टिका ग्रहण गरियो त्येसपछि मिठा खानेकुराहरु खाएर भान्जा भान्जी ,भाई बहिनी , भाई बुहारीहरुलाई टिका र आर्शिरबाद दिईयो । सबैसाथ हासखेल गरि नाचगानमा रमाईलोको साथ दशै मनाईयो भने घुम्नको लागि गईएन आफनै छरछिमेक, आफन्त र साथीभाई हरुसंग बसेर दशै मनाईयो ।